मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा उपचार हुँदै

इनेप्लिज २०७७ कार्तिक २१ गते १२:११ मा प्रकाशित

काठमाडौं, २१ कात्तिक । कात्तिक १० गते कोरोना पुष्टि भएपछि हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार नआएपछि आइसीयुमा उपचार भइरहेको छ ।

संक्रमण पुष्टि भएपछि आफ्नै घरमा ‘होम-आइशोलेसन’मा बसेका गजुरेलको स्वास्थ्य अवस्था बिग्रदै गएकोले बुधवार बलम्बुस्थित् सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनलाई थप उपचार आवश्यक परेपछि बिहिबार आइसीयुमा सारिएको श्रोतले जनाएको छ ।

केहि दिन अगाडी गजुरेल आफैले फेसबुकमार्फत आफु संक्रमित भएको जानकारी दिएका थिए । उनले आफु सचेत हुँदाहुँदै पनि संक्रमित हुन पुगेको भन्दै दुःख पोखेका थिए । मंगलवार नै उनको शरीरले फरक–फरक खालका क्रियाकलाप देखाइरहेकोले स्वास्थ्यमा पुर्ण रुपमा सुधार नआएको पनि जानकारी अपडेट गराएका थिए ।

लकडाउनमा मनोज गजुरेलले कोरोना संक्रमण हुनबाट बच्ने विभिन्न तरिकाबारे सामाजिक सञ्जालमार्फत जनहितको लागि सन्देश दिँदै आएका थिए । तर, दुःखद कुरा आज उनी आँफै संक्रमित भएका छन् ।

रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया