प्रचण्ड र माधव नेपाललाई लक्षित गरि ओलीले भने – काटेश्वर तिरको तानावाना चकनाचुर पारिनेछ हेर्नुहोस कार्तिक २१ गतेका मुख्य समाचारहरु
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने बताएका छन् । प्रधानमन्त्रीको यो संकेत पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालतर्फ लक्षित छ । किनभने, कोटेश्वरमा पूर्वमाओवादीको कार्यालय (पेरिसडाँडा) रहेको छ । र, माधव नेपालको निवास पनि कोटेश्वरतिरै छ । बिहीबार बालुवाटारमा मन्त्रिपरिषद बैठक चलिरहेकै बेला पेरिसडाँडामा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो, जसलाई प्रधानमन्त्रीले ‘तानाबाना’ को संज्ञा दिएका हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठक राजनीतिक अभिव्यक्तिबाट प्रधानमन्त्रीले सुरु गरेका थिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले पनि कोटेश्वरतिर अनेक तानावाना बुनिँदैछ, तर त्यो सफल हुन दिइनेछैन ।’ बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले लामो समय पछि मन्त्रिपरिषद् बैठकमा राजनीतिक अभिव्यक्ति दिएका हुन् । सरकार असफल बनाउँदा पार्टी र देश बलियो नहुने प्रधानमन्त्रीको भनाइ थियो । हेर्नुहोस कार्तिक २१ गतेका मुख्य समाचारहरु :
प्रतिक्रिया