मंगलबार, मंसिर १६ २०७७
काठमाडौं १७:१२
वासिङटन डिसी 06:27

मतगणनाको अन्तिम चरणमा ट्रम्प दुई र बाइडेन दुई राज्यमा अगाडी

इनेप्लिज २०७७ कार्तिक २१ गते २:१८ मा प्रकाशित

गत नोभेम्बर ३ का दिन सम्पन्न अमेरिकामा राष्ट्रपतिको निर्वाचनको अन्तिम ४ राज्यहरुका मतगणना अन्तिम चरणमा पुगेको छ । जस अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प दुई राज्यहरु जर्जिया र पेनसेलभेनियामा अग्रता लिई रहेका छन् ।

उनले सुरु देखि नै आग्रता लिई रहेका छन् भने उनले लाखौ मतले अगाडी रहेका थिए । लाखौ मत पछि परेका बाइडेन हजारमा झारेका छन । अर्थात् पेनसेलभेनिया र जर्जियामा बाइडेन ट्रम्पको अत्यधिक नजिक पुगेका छन ।

हाल सम्म चार वटै राज्यहरुमा ९० प्रतिसत भन्दा ज्यादा मत खसि सकेको छ । पेनसेलभेनियामा ट्रम्प ५०६७१ मतले अगाडी छन भने जर्जियामा २४९७ मतले अगाडी छन ।

यसै गरि बाइडेन नेभादा र एरिजोनामा अगाडी छन । नेभादामा ११४३८ र एरिजोनामा ४६२५७ मतले अगाडी छन । बाइडेनले अहिले केवल जर्जिया मात्र जितेमा बिजयी हुने छन् । किनभने यो राज्य पुरै रिपब्लिकनको हो । या जर्जियामा हारेता पनि बाइडेनले नेभादा र एरिजोना मात्र जिते भने बिजयी हुने छन् ।

यता ट्रम्प बिजयी हुन् जर्जिया ,पेन्सेलभेनिया ,र एरिजोना या नेभादा जित्नु पर्ने हुन्छ । अन्तिम समयमा मत कसैले पक्षमा पनि पर्न सक्ने अवस्था छ ।

 

प्रतिक्रिया