युरोपका विभिन्न राष्ट्रहरुमा बिस्तार हुँदै गैरहेको साझा सद्भाव समूहको स्थापनाको निरन्तरताको क्रममा रोमानियामा पनि साझा सद्भाव समूह राष्ट्रिय समिति गठन भएको छ।
वीरेन्द्र सिंखडाको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिमा सह-संयोजक राज मल्ल रहेका छन् भने प्रवक्तामा गोबिन्द प्रसाद गैरे रहेका छन्।
त्यसैगरी सचिवमा नारायण अधिकारी, कोषाध्यक्षमा एरिका लिम्बू रहेका छन् भने सदस्यहरुमा पुष्कर माझी,जोगमान तामाङ, वीरेन्द्र सिंह, प्रबिण कुमार भण्डारी, सुरेश लामा र मिन श्रेष्ठ रहेको सद्भाव समूहका युरोप संयोजक एस.के. श्रेष्ठले बताए।
बिदेशमा साझा सद्भाव समूहको यो बीसौँ राष्ट्रिय समिति हो।
प्रतिक्रिया