श्रीमतीको स्वीकृति ( लघुकथा )

अमित संग्रौला बिर्तामोड झापा २०७७ कार्तिक २० गते १२:१२ मा प्रकाशित

अमित संग्रौला मोड महीना झरी वर्सिदैँ छ।चिसो मौसम छ,“श्रीमती चुल्होमा दाउरा ठेल्दै छिन्।छोराछोरी अर्को कोठामा पढिरहेका छन्।वातावरण स्तब्ध छ। बेला बेलामा आकाश पनि ग्रजिदै छ” बाहिर मुसल धारे पानी परिरहेको छ।“श्रीमतीलाई भनु या नभनु मन दोधारमा छ।थोरै पिउन पाए पनि हुन्थ्यो नि। मौसमले पनि च्यालेज गरेको छ।अलिकति पिउँदैमा के हुन्छ र ?

जहिल्यै पिउने होर।कहिले काही पिउदा के हुन्छ। “श्रीमतीलाई कसरी भनु ? उनले स्वीकृति दिने होकि होइन”।अनेक प्रश्न मनमा आउँछ।अर्को मनले भन्छ चिसो समय छ भन्दैमा रक्सी नै पिउनु पर्छ र ? न पिउदैमा पनि हुन्छ नि।सोतेले आगो फुक्दै पुलुक्क हेर्छिन।म उनलाई हेरिरहेको थिए बेला बेलामा।श्रीमती त अझ नियालेर हेर्न थालिन्।उनको गाला रातो हुँदै गयो।

नाक पनि फुल्न थाल्यो।यस्तो लाग्दै थियोे।क्रोध उत्पन्न भइरहेको छ, “मलाई घुरेर हेर्न थालिन्” ।मेरो मन भित्रको कुरा थाहा पाइन् क्या हो ? म उनको नजिकै गए ।

उनको नजिक जाँदा एक किसिमको डर पनि लाग्यो।मैले बिस्तारै सोधे सावित्रा म तिमीलाई खाना पकाउन सहयोग गरुँ उनले केही बोलिन् पाकेको खाना अगेना माथी राखिनकेहि समय पछि उनी शान्त भइन।थोरै मुस्कुराइन र, भनिन् दराज भित्र अस्तिको व्हिस्की राखी दिएको छु गएर पिउनुहोस्।त्यसपछि खाना खान आउनु चाँडो मैले स्विकृति दिए।

अमित संग्रौला बिर्तामोड झापा

प्रतिक्रिया