प्रदेश नं १ मा ३०४ कोरोना सङ्क्रमित थपिए

इनेप्लिज २०७७ कार्तिक १९ गते २२:३४ मा प्रकाशित

विराटनगर,१९ कात्तिक।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३०४ जना कोरोना सङ्क्रमित थपिएका छन्।सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा गरिएको एक हजार १९८ जनाको पिसीआर परीक्षणमा १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

मोरङमा १५५मध्ये विराटनगरमा १११, सुनसरीमा ९८,झापामा २३, पाँचथरमा १४,उदयपुरमा तीन, धनकुटा र इलाममा दुई÷दुई र प्रदेश बाहिरका सात जना रहेका छन्।प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २० हजार ४०१ पुगेको छ।

प्रदेशमा आज ४२२ जना सङक्रमितहरु निको भएका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १२ हजार १०१ पुगेको छ।

यसप्रदेशमा अहिलेसम्म १ लाख ६४ हजार ६४० जनाको पिसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ।

 

 

प्रतिक्रिया