शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ११:२३
वासिङटन डिसी 00:38

“म यहाँ गणना समाप्त भएको जानकारी दिन आएको हुँ, हामी विश्वास गर्छौं कि हामी विजेताहरू हुनेछौं” :बाइडेन

इनेप्लिज २०७७ कार्तिक १९ गते २२:२७ मा प्रकाशित

बाइडेनले डेलावेयरको विलमिंग्टन स्थित चेस केन्द्रबाट बोल्दै उक्त कुरा बताएका हुन् । जुन ठाउँमा उनले अगस्ट महिनामा डेमोक्र्याटिकको मनोनयन स्वीकार गरेका थिए ।

“यहाँ, जनताले शासन गर्छन्। जनता को शक्ति लिन सकिदैन । यो जनताबाट चल्दछ ,” बाइडेनले भने। “र यो उनीहरूको इच्छाले निर्धारण गर्दछ कि संयुक्त राज्यको राष्ट्रपति हुनेछ ।

” राती देखिको लामो मतगणना पछि,यो स्पष्ट छ कि हामीले राष्ट्रपति पद जित्नको लागि २७० निर्वाचकीय मत (इलेकटोरल भोट) मत प्राप्त गर्न पर्याप्त राज्यहरू जित्दैछौं,” बाइडेनले भने।

“धेरै अमेरिकीहरूले यस निर्वाचनमा अमेरिकी इतिहासमा पहिले भन्दा बढी मतदान गरेका छन् ।

श्रोत : सिएनएस

प्रतिक्रिया