विराटनगरमा कोरोना सङ्क्रमण बाट थप दुई जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १९ गते २२:२७ मा प्रकाशित


विराटनगर,१९ कात्तिक।कोरोना सङ्क्रमणबाट विराटनगरमा आज थप दुई जनाको मृत्यु भएको छ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा इलाम चुलाचुली–६ की ८४ वर्षिय महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो।

मृतकलाई यही कात्तिक १८ गते उपचारका लागि अस्पतालमा भर्ना भएकोमा सोही दिन कोरोना सङ्क्रमण देखिएको थियो।

वृद्धा दमको पुरोना रोगी रहेको अस्पतालले जनाएको छ।यसैगरी नोबेल अस्पतालमा झापा दमक–३ का ६४ वर्षिय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको छ।

मृतकलाई यही कात्तिक १२ गते अस्पतालमा भर्ना गर्नु अघि नै सङ्क्रमण देखिएकामा आइशोलनमा राखि उपचार गरिएकोमा आज मृत्यु भएको प्रवन्धक दाहालले बताउनु भयो।

मृतक दमको पुरानो रोगी भएको र स्वाशप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

 

 

प्रतिक्रिया