शुक्रबार, साउन १५ २०७८
काठमाडौं १६:४८
वासिङटन डिसी 07:03

ट्रम्प चुनाव अभियानले मिसिगनको मतगणना रोक्ने मुद्धा दायर

इनेप्लिज २०७७ कार्तिक १९ गते २०:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको निर्वाचनको गणना हुदै गर्दा र मिसिगनमा समेत जो बाइडेनको पक्षमा मत वृद्धि हुदै गर्दा ट्रम्प चुनाव अभियानले मिसिगनको मतगणना रोक्ने मुद्धा हालेको जनाएका छन ।

वाशिंगटन पोस्टका अनुसार मिसिगनमा ९४ प्रतिसत मत गणना भै सकेको छ । र जहाँ जो बाइडेन अगाडी छन् भने हाल उनले २६ लाख ३७ हजार मत प्राप्त गरि सकेका छन् । ट्रम्पले २५ लाख ९९ हजार मत प्राप्त गरेका छन् ।

बाइडेन एरिजोनामा पनि अगाडी रहदै गर्दा उता जर्जिया र पेनसेलभेनियामा ट्रम्प अगाडी रहेका छन् । ट्रम्पले चार बर्ष पहिले मिशिगन जितेका थिए ।

“राष्ट्रपति ट्रम्पको अभियानलाई मिशिगन कानूनले ग्यारेन्टी गरेको रूपमा मतपत्र खोल्ने र मतगणना प्रक्रिया अवलोकन गर्न असंख्य मतगणना स्थानहरूमा अर्थपूर्ण पहुँच प्रदान गरिएको छैन,” ट्रम्प अभियानका प्रबन्धक बिल स्टेपियनले एक विज्ञप्तिमा भनेका छन् ।

“हामीले आज मिशिगनअदालतमा मुद्दा दायर गर्यौं ताकि अर्थपूर्ण पहुँच प्राप्त नभएसम्म मतगणना रोकिनेछ। हामी ती मतपत्रहरू पनि समीक्षा गर्न चाहन्छौं जुन खोलिएका थिए र गन्ती गरिएको थियो जबकि हामीसँग अर्थपूर्ण पहुँच थिएन। ”

उनले भने ट्रम्प “सबै कानुनी मतहरू मिशिगन र अरु जताततै गणना हुन्छन भन्ने कुरा सुनिश्चित गर्न प्रतिबद्ध छन्।”

श्रोत : सिबिसीन्युज/फक्स२नाउडटकम/दिहिल डटकम

प्रतिक्रिया