शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं २३:१०
वासिङटन डिसी 12:25

राष्ट्रपति निर्वाचनमा बाईडेन अगाडि, विजयमा नभेदा, विन्सकन्सिन, मिचिगन राज्य निर्णयक

बाइडेनलाई २३८ इलेक्टोरल कलेज मत, ट्रम्पको पोल्टमा २१३

यादवराज जोशी २०७७ कार्तिक १९ गते १६:१२ मा प्रकाशित

यादवराज जोशी

अमेरिकी राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाईडेनबीच कडा प्रतिस्पर्धा छ । हाल सम्म लोकप्रिय मत (अमेरिकी नागरिकको मत) मा ५०.१ प्रतिसत मतसहित जो बाईडेन अगाडि छन । ट्रम्पले ४८.३ प्रतिसत लोकप्रिय मत प्राप्त गरेका छन ।

अमेरिकी निर्वाचन पद्धतिमा लोकप्रिय मतभन्दा इलेक्टोरल कलेज मतले बढी महत्व राख्छ । अमेरिकामा जनसंख्याको अनुपातमा विभाजित ५३८ इलेक्टोरल कलेज छन । ५३८ मध्ये २७० इलेक्टोरल कलेज जित्ने नै राष्ट्रपति हुन्छ । अहिलेसम्म इलेक्टोरल कलेजमा पनि जो बाइडेन अगाडि छन । उनले २३८ मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३ मत प्राप्त गरेका छन ।

सातवटा राज्यमा को विजयी हुने निस्चित भएको छैन । नभेदा, विन्सकन्सिन, मिचिगन राज्यमा जो बाईडेन अगाडि छन । ति राज्यमा ३२ इलेक्टोरल कलेज छन । यस्तै पेन्सिलभेनिया, नर्थ कारोलिना, जर्जीया र अलस्कामा ट्रम्प अगाडि छन । ति राज्यमा ५४ इलेक्टोरल कलेज छन । यि राज्यमा मतगणना जारी छ ।

जो बाईडेनले हाल २३८ इलेक्टोरल मत प्राप्त गरी सकेका छन । उनले नभेदा, विन्सकन्सिन, मिचिगन राज्यमा विय प्राप्त गरे थप ३२ इलोटोरल मत पाउने छन । उनको मत २७० पुग्ने छ र उनी विजयी हुनेछन । बाईडेनको निर्वाचन सचिवालयले आफुहरुको विजय पक्का रहेको बताएको छ ।

गत राती राष्ट्रपति ट्रम्पले आफु विजयी भएको घोषणा गरेका थिए । उनले अब मतगणना स्थगित गर्नु पर्ने बताएका थिए । आफु भोली (बुधबार) सर्वोच्च अदालत जाने पनि बताएका थिए तर केका लागि अदालत जाने प्रस्ट पारेका थिएनन । हुलाकबाट आएका मत गणना निषेध गर्न अदालत जाने अनुमान अमेरिकी सञ्चारमाध्यमले गरेका छन, तर यसबारेमा थप जानकारी छैन ।

मत गणना भईरहेका राज्यले हुलाकबाट आएका मत पनि गनिने बताएका छन । जर्जिया, विन्सकन्सन राज्यमा हुलाकबाट आएका मत गणना सुरु भएको छ । बुधबार साँझसम्म विजेता को हुने स्पस्ट हुने अपेक्षा गरिएको छ ।

स्रोतः एजेन्सीहरु । तस्वीरः एबिसी न्यूज

प्रतिक्रिया