शनिबार, मंसिर १३ २०७७
काठमाडौं १५:५२
वासिङटन डिसी 05:07

अमेरिकी प्रतिनिधि सभामा डेमोक्रेट २०४, सिनेटमा रिपब्लिकन ४७

इनेप्लिज २०७७ कार्तिक १९ गते १३:०१ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको कडा प्रतिस्प्रद्धासंगै अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन प्रतिनिधि सभामा त्यतिकै प्रतिस्प्रद्धा भएको छ । अहिले सम्मको नतिजा अनुसार तल्लो सदनमा कूल २०४ प्रतिनिधि पुगि सकेका छन् भने सदन नियन्त्रण गर्न २१८ को आवश्यक पर्दछ ।

पछिल्लो नतिजा अनुसार डेमोक्रेटको बहुमत हुने सम्भावना रहेको छ भने रिपब्लिकनले अहिले सम्म कूल १९० सिट प्राप्त गरेका छन् ।

यसै गरि सिनेटमा बिगतमा रिपब्लिकनको बहुमत रहेको थियो भने यस पटक पनि रिपब्लिकन कै बहुमत हुने प्रवल सम्भावना रहेको छ । माथिल्लो सदनमा १०० जना सिनेटर मध्येमा कूल ४७ मा रिपब्लिकनले बिजयी प्राप्त गरि सकेका छन् भने डेमोक्रेटले कूल ४४ स्थान प्राप्त गरेका छन् ।

सिनेटमा बहुमत ल्याउन ५१ जनाको आवस्यक पर्दछ ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया