बुधबार, मंसिर १० २०७७
काठमाडौं ००:२६
वासिङटन डिसी 13:41

प्रतिक्षामा नयाँ रास्ट्रपति ?

दीपक पन्त मिल्वाकी /अमेरिका २०७७ कार्तिक १९ गते १:१६ मा प्रकाशित

अमेरिकाको ४६ औ रास्ट्रपति निर्वाचनको नतिजा अबको २४ घण्टा भित्र आउने सम्भाबना रहेकोछ।आज नोबेम्बर ३, २०२० का दिन देश भर अन्तिम मतदान गर्ने कार्य चलिरहेको छ।यस निर्वाचनमा रिपब्लिकन पार्टी बाट बर्तमान रास्ट्रपति डोनाल्ड ट्रम आफ्नो दोस्रो कार्यकालको लागि डेमोक्याट्रिक उम्मेदबार जो बाइडेन सँग प्रतिस्पर्धा गर्दैछन्।

बिश्वको महाशक्ति शाली रास्ट्र अमेरिकाको रास्ट्रपति चुनाब संसार भर बाट बडो चासो रउत्सुकतापूर्ण तरिका बाट निहाली रहेको देखिन्छ।यस निर्वाचन परिणाम र यसबाट चुनिने नयाँ रास्ट्रपतिको नीति र दृष्टिकोणले बिश्व अर्थतन्त्र नै प्रभाब पर्ने हुँदा संसार भर बाट आजको निर्वाचनलाई बिशेष महत्वका साथ हेरिएको बुझिन्छ।

आप्रवासी मुद्दामा अनुदार छवि बनाएका अनि अमेरिका र अमेरिकन नागरिक पहिलो भन्दै आर्थिक विश्व व्यापीकरण भन्दा फरक धारको वकालत गर्ने ट्रम्पको लोकप्रियता अनुदारवादी(कन्जर्भेटिभ्स्) अमेरिकी जनता माझ कायम छ |

तसर्थ रिपब्लिकन पार्टीको बीच बर्तमान रास्ट्रपति ट्रम्प पर्यायवाची जस्तै बनेका छन्।त्यसैले यो निर्वाचन राष्ट्रपति ट्रम्पका लागि जनमत संग्रहको रूपमा छ।

आप्रवासीअनुकूल भनिएका र विश्व व्यापीकरणका पक्षपाती मानिएका बाइडेन उदार (लिबरल) अमेरिकी जनता बीच लोकप्रिय भएको हुँदा यो रास्ट्रपतिको चुनाब कडा प्रतिस्पर्धा बीच हुनेदेखिएको छ।

अन्तरराष्ट्रिय व्यापार , सिमाना वा आणविक / रासायनिक शक्ति संघर्ष नभएका नेपाल जस्तो राष्ट्रको लागि भने ट्रम वा बाइडेन जो सुकै उम्मेदबारले जिते पनि दुइ देशको अन्तराष्ट्रिय सम्बन्धमा खासै असर नपर्ने कुरा अन्तरास्ट्रिय सम्बन्धका जानाकार हरुले बताएको पाइन्छ।

यसरी हेर्दा थोरै मतदाता भए पनि नेपाली अमेरिकनहरुले पनि यो बर्षको राष्ट्रपतीय निर्वाचनमा उत्साह पूर्वक सहभागी भएको जानकारीमा आएको पाइन्छ ।

राष्ट्रपतीय निर्वाचनको निर्णय अधिक जनसंख्या भएका वा थोरै जनसंख्या भएका राज्य या स्थिर रिपब्लिकन (रेड) राज्य वा डेमोक्र्याटिक (ब्लु) राज्य भन्दा पनि चल (स्विङ) राज्यको नतिजा नैनिर्णायक रहदै आएको छ।अहिले पनि ‘नोटेवल नाइन’ भनिने फ्लोरिडा,जर्जिया, नर्थक्यारोलाइना,ओहायो, आयोवा, पेन्सिलभेनिया,मेसिगन, विसकान्सिन र एरिजोना राज्य नै नतिजा उल्टाउने नौ राज्यका रूपमा सुनिन्छन्।हाल प्रक्षेपण गरिएका सर्वेक्षण लाई आधार मान्दा‘ नोटेवल नाइन’ राज्य मध्ये अधिकमा बाइडेनको पल्ला भारी छ।‘नोटेवल नाइन’मा पनि फ्लोरिडा, पेन्सिलभेनिया, मेसिगन,ओहायो र नर्थ क्यारोलाइना जित्ने उमेदवार नै अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित हुने निश्चित भएको परिबेक्षकहरु बताउँदछन ।

यसरी हेर्दा दुवै उम्मेदबारको चुनाबी रणनीति , मत दाता आदि हेर्दा यो निर्वाचन अत्यान्त कडा प्रतिस्पर्धा बीच भइ रहेको परिबेक्षकहरु बताउँदछन ।

अत: अबको केही घण्टा पश्चात निर्वाचन परिणामले दिने आधिकारिक निर्णय को प्रतीक्षा गर्नु नैहामी सबैको उत्तम बिकल्प रहेको मान्न सकिन्छ ।

दीपक पन्त

मिल्वाकी /अमेरिका

 

प्रतिक्रिया