आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०३:४६
वासिङटन डिसी 17:01

भरमन्टका रिपब्लिकनका गभर्नरले बाइडेनलाई मतदान गरे

इनेप्लिज २०७७ कार्तिक १८ गते २३:१६ मा प्रकाशित

भरमन्टका रिपब्लिकनका गभर्नरले बाइडेनलाई मतदान गरेका छन् । मध्यम रिपब्लिकन गभर्नर फिल स्कटले आज दिउसो पत्रकारहरुलाई आफूले बाइडेनलाई मतदान गरेको बताए ।

स्कट स्वयम गभर्नरको लागि पुन उम्मेदवारी दिएका छन । उनि डेमोक्रेटिकका उप गभर्नर डेभिड जकरम्यान बिरुद्ध उम्मेदवारी दिएका छन्। उनि व्हाइट हाउसका नियमित आलोचक हुन् भने आज निर्वाचनका दिन मात्र उनले जो बाइडेनलाई मतदान गरेको खुलाशा गरेका हुन् ।

उनले अगस्त महिनामा ट्रम्पलाई मतदान नगर्ने बताएका थिए । उनि मेरिल्याण्डका गभर्नर ल्यारी होगनका मित्र पनि हुन् ।

श्रोत : एबिसी न्युज

प्रतिक्रिया