बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:१३
वासिङटन डिसी 15:28

कराँते प्रशिक्षक केशव बडुवालमा कोरोना पुष्टि

बडुवाल सुदूरपश्चिमममा पहिलो पटक खेलाडीमा कोरोना पुष्टि हुने खेलाडी हुन

इनेप्लिज २०७७ कार्तिक १८ गते २२:४९ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,कार्तिक १८÷सुदूरपश्चिम प्रदेश खेलकुद विकास समितिका कर्मचारी एवं कराँते प्रशिक्षक केशव बडु्वालमा कोरोना संक्रमण पुष्टि भएको छ।
सामान्य टाउको दुख्ने,खुट्टा झमझमाउने,थकाई महशुस हुने र छिनछिनमा ज्वरो आउन थाले पछि सोमबार स्वाव परीक्षण गर्दा सेती प्रादेशिक अस्पतालको कोरोना प्रशिक्षण ल्वाब बाट मंगलबार कोरोना पुष्टिको रिपोर्ट आएको प्रशिक्षक बडुवालले जानकारी दिनु भयो।

सेती प्रदोशिक अस्पतालको हाता भित्र रहेको क्र्वाटरमा बस्दै आउनु भएका बडुवालकी पत्नी पनि अस्पतालकी कर्मचारी हुन।आफुमा कोरोना पुष्टि भएपछि होम आईसोलेशनमा बसेको र अन्य परिवारका सदस्यहरु संग सम्पर्कमा नरहेको र एक साता भित्र अन्य सदस्यको पनि स्वाब चेक जााचका लागि स्वास्थ्यकर्मचारी बाट सुझाव प्राप्त भएको प्रशिक्षक बडुवालले टेलिफोनको कुराकानीमा बताएका छन्।

सुदूरपश्चिम खेलकुद विकास समितिमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि हुने व्यक्ति बडुवाल पहिलो रहेको बताइएको छ।

प्रशिक्षक बडुवालले आफ्नो अवस्था हाल समान्य रहेको र होम आईसोलेशन मै घरेलु उपचार र व्याम गर्ने कार्यलाई निरन्तरता दिईने बताएका छन्।साथै कोरोना लाग्ने बित्तिकै नआत्तिन र हेल चेक्क्राई गर्न नहुने मान्यताका साथ आफ्नो तयारी पनि साथ साथै गरिरहेको बडुवालले बताएका छन्।

प्रतिक्रिया