मोरङमा कोेरोना सङ्क्रमणबाट थप दुई महिलाको मृत्यु

मनोज दाहाल २०७७ कार्तिक १८ गते २२:३८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१८ कात्तिक।मोरङको दुई शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणबाट आज अपरान्ह दुई महिलाको मृत्यु भएको छ।

मोरङको वुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालमा एक÷एक जना गरी दुई महिलाको सङ्क्रमणबाट मृत्यु भएको हो।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विराटनगर–१५ की ५५ वर्षीया महिलाको आकस्मिक कक्षमा उपचारको क्रममा आज अपरान्ह मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो।महिलाको मृत्यु पछि पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ।

यसैगरी विराट शिक्षण अस्पताल वुढीगंगामा सुनसरी इनरुवा नगरपालिकाकी ४५ वर्षीया महिलाको आज अपरान्ह मृत्यु भएको छ। मृतकको यही कात्तिक १४ गते पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको अस्पतालका आइशोलेसन प्रमुख सुनिल देवले बताउनु भयो।मृतकमा श्वासप्रश्वासको समस्या रहेको थियो।

मोरङमा कोरोना सङ्क्रमणवाट पछिल्लो १८ घण्टाको अवधिमा पाँच जनाको मृत्यु भएको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया