सोमबार, साउन १८ २०७८
काठमाडौं ०२:५०
वासिङटन डिसी 17:05

एएनएचएस शिक्षा सदनको सहयोगार्थ देउशी भैलो कार्यक्रम गर्ने

इनेप्लिज २०७७ कार्तिक १८ गते १६:५५ मा प्रकाशित

 

अमेरिका नेपाल सहयोगी समाजले एएनएचएस शिक्षा सदनको सहयोगार्थ देउशी भैलो कार्यक्रम गर्ने भएको छ । संस्थाले कोरोना भाइरसको महामारीको कारण सामाजिक दुरी कायम गर्ने परिस्थितिलाई मनन गर्दै, आफ्नो परम्परागत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले यस वर्ष परोक्ष (भर्चुअल) देउशी भैलो कार्यक्रम मनाउने जनाएको छ ।

साथै सबैमा सहभागिताको लागि निमन्त्रणा गरेको छ । कार्यक्रमहरुमा लबालिकाहरूको नृत्य, देउशी भैलो गीत,देउशीभैलो गीत तथा नाच र अन्य समसामयिक प्रस्तुतिहरू हुने समाजका अध्यक्ष केदार तिमिल्सिनाले ईनेप्लिजलाई जानकारी दिएका छन् ।

बिस्तृत जानकारी जस्ताको त्यस्तै : 

हार्दिक आमन्त्रण 

नमस्कार, 

अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले आफनो धर्म सस्कृतिको प्रबर्द्धन तथा सम्बर्द्धन गर्न बिविध कार्यक्रमहरू गर्दै आइरहेको कुरा हामी सबैमा बिदितै छ ।

यस बर्ष पनि रमाइलो तिहार पर्वको सम्बर्द्धन गर्दै, बालबालिकाहरूले अध्ययन गरिरहेका “शिक्षा सदन”( ANHS Academy) को सहयोगार्थ देउशी भैलो कार्यक्रम गरी तिहार पर्व मनाउन गइरहेको कुरा यहाँहरू सबैमा जानकारी गराउन चाहन्छौं। COVID -19 महामारीको कारण सामाजिक दुरी कायम गर्ने परिस्थितिलाई मनन गर्दै, आफ्नो परम्परागत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले यस वर्ष भर्चुअल देउशी भैलो कार्यक्रम निम्न मिति र समयमा गर्न गइरहेको हुँदा यहाँहरू सबैमा सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति : नोभेम्वर १५ , २०२०, आइतवार (11/15/2020, Sunday)

समय : साँझ ४.३०-७.३०वजे  (4.30 – 7:30 pm)

Zoom ID: 913 0618 1843

Passcode: anhs 

कार्यक्रमहरू: 

१.बालबालिकाहरूको नृत्य, देउशी भैलो गीत,

२. देउशीभैलो गीत तथा नाच,

३. अन्य समसामयिक प्रस्तुतिहरू 

धन्यवाद!

प्रतिक्रिया