शनिबार, मंसिर २० २०७७
काठमाडौं १३:४६
वासिङटन डिसी 03:01

नेपालमा बिपतिको सहयोगी शेर्पा संघ अमेरिका

इनेप्लिज २०७७ कार्तिक १८ गते १३:३० मा प्रकाशित

अमेरिकामा रहेका शेर्पाहरुको सस्था शेर्पा संघ अमेरिकाले नेपालमा कोरोना संक्रमणको बेला बिबिध कारणले बिपतिमा परेका आर्थिक समस्यामा परेकाहरुलाई सहयोग गरेको छ ।

साथै अबिरल बर्षाले गएको बाढी पहिरोमा परी बिभिन्न जिल्लाका घरबार बिहिनहरुलाई नेपाल शेर्पा संघसँग समन्वय गरी राहत तथा आर्थिक सहयोग बितरण गरेका छन् ।

यसै क्रममा सिन्धुपाल्चोक, संखुवासभा र डोर पाटनका २०४ घरपरिवार बाढी पीडितलाई आर्थिक सहयोग, उपचार गर्न आर्थिक समस्या भएका क्यान्सर रोगी ८ जना, म्रिगौला रोगी ८ जना, मुटु रोगी ३ जना, क्षयरोगी २ जना र घाईते ३ जनालाई सहयोग गरेको छ ।

यसै गरि चितवनको चेपाङ बस्ती, सिराहाको दलित बस्ती र खोटाङको मुडेमा गरी १४० परिवारलाई राहत बितरण, हिमाल अरोहीहरुलाई राहतको लागि सगरमाथा आरोही संघ नेपाललाई सहयोग गर्नुका साथै काठमन्डौमा शेर्पा विद्यार्थी संघले सडकका मानिसहरुलाई खाना खुवाउने कार्यक्रममा आर्थिक सहयोग गरेको कुरा शेर्पा संघ अमेरिकाका बरिस्ट उपाध्यक्ष एवम् राहत समितिका संयोजक ल्हाक्पा देन्डी शेर्पाले बताए।

साथै उनले नेपालमा २८ लाख १५ हजार ६ सय पच्चहत्तर रुपैया पठाएको बताए। त्यसै गरी शेर्पा संघ अमेरिकाको अध्यक्ष निमा शेर्पाले “वास्तबिक पीडितलाई सहयोग गर्न पाउदा खुशी लागेको छ, हाम्रो अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिन चाहन्छु” भने।

नेपालमा बिपती पर्दा बिदेशबाट ठुलो रकम राहत सहयोग गर्ने सस्था मध्ये शेर्पा संघ अमेरिका पनि पर्दछ।

प्रतिक्रिया