शुक्रबार, साउन १५ २०७८
काठमाडौं १७:०२
वासिङटन डिसी 07:17

अमेरिकामा आज राष्ट्रपतिको निर्वाचन हुदै ,ट्रम्प या बाइडेनको भाग्यको फैसला हुने

इनेप्लिज २०७७ कार्तिक १८ गते १२:०६ मा प्रकाशित

अमेरिकामा अन्तत्वगत्वा अर्को ४ बर्षको लागि राष्ट्रको लागि नेतृत्व लिने उम्मेदवारको भाग्यको फैसला हुने भएको छ । राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट र रिपब्लिकनका द्वय उम्मेदवार जो बाइडेन तथा डोनाल्ड ट्रम्प मैदानमा छन । कसले बाजी मर्ने भन्ने बिषय नै सर्वाधिक चासोको बिषय भएको छ ।

बिहान ७ बजे देखि साँझ ८ बजे सम्म मतदान प्रारम्भ हुने छ भने कैयौ राज्यहरुमा समयको फरक हुनाले कतै १ घण्टा पछि ,कतै ३ घण्टा पछि मतदान सुरु हुने छ । कतै केही दुर्घटना र विवाद भएन भने नोभेम्बर राती सम्म नतिजा आउने पक्का छ ।

२० बर्ष अगाडी निर्वाचनको नतिजामा विवाद हुँदा सर्वोच्च अदालतमा पुगेको थियो । हाल सम्म अग्रिम रुपमा करिव १० करोड मतदाताले मतदान गरि सकेका छन् । सन् २०१६ मा कूल मत खसेको को ७३ प्रतिसत मतदान भै सकेको छ ।

जो बाइडेन तथा डोनाल्ड ट्रम्पले अन्तिम आफ्नो चुनाव प्रचार प्रसार समाप्त गरेका छन् । दुवैले आफूले जित्ने दावी गरि रहेका छन् ।

बाइडेनले ईतिहास रच्ने बताई रहेका छन् भने ट्रम्प दोश्रो पटकका लागि निर्वाचित हुने अपेक्षामा छ । अन्तिम समयको चुनाव प्रचार प्रसारमा एक अर्कालाई नकारात्मक टिका टिप्पणी गरेका थिए ।

बाइडेनले ट्रम्पलाई भाषणमा धज्जी उडाएका थिए भने ट्रम्पले बाइडेनलाई बामपन्थी(कम्यूनिस्ट),समाजवादी आदी आरोप लगाएका थिए ।

प्रतिक्रिया