बुधबार, मंसिर १० २०७७
काठमाडौं ११:१६
वासिङटन डिसी 00:31

अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या ८४ हजार संक्रमित ,५५७ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १८ गते ११:३४ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ८९ पुगेको छ । यसै गरि मृत्यु हुनेको संख्या ५ सय ५७ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ ।

उक्त तथ्यांक गत सोमबार नोभेम्बर २ का दिन २४ घण्टामा लिइएको हो ।

अमेरिकामा हाल सम्म २ लाख ३६ हजार ८७ जनाको मृत्यु भएको छ भने ९४ लाख ७० हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३७ लाख ४४ मानिसहरु निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालसिएनएन

प्रतिक्रिया