जवरजस्ती करणी गर्ने तीन जना मानिसहरू पक्राउ

इनेप्लिज २०७७ कार्तिक १८ गते ७:४० मा प्रकाशित

विराटनगर,१८ कात्तिक।मोरङमा दुई बेग्लाबेग्ले बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रहरीबाट प्राप्त जानकारी अनुसार मोरङको बेलबारी नगरपालिका वडा न.१ स्थित अमना सिसौली जंगलमा एक बालिकालाई कात्तिक १३ गते राति ११ः३० बजे बेलबारी नगरपालिका वडा न.३ निवासी सुकमान तामाङले चक्रबहादुर चौधरीको सहयोगमा सो बालिकालाई बलात्कार गरी फरार रहेको अवस्थमा हिजो प्रहरीले पक्राउ गरेको थियो।

यस्तै,सोही दिन दिउँसो करिव ३ः३० मा मोरङको ग्रामथान गाउँपालिका वडा न. २ निवासी ४० वर्षिय जुमेश सरदारले स्थानीय एक युवतीलाई बलात्कार गरी फरार रहेको अवस्थामा हिजो प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले आज जानकारी दिनुभयो।

प्रतिक्रिया