कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १८ गते ७:३५ मा प्रकाशित

विराटनगर,१८ कात्तिक।कोरोना सङ्क्रमणबाट थप एक पुरुषको कोशी अस्पताल(कोभिड–१९)उपचार केन्द्र विराटनगरमा मृत्यु भएको छ।

उदयपुर जिल्लाको बेलटार–६ घर भएका ४८ वर्षिय पुरुषको उपचारको क्रममा केन्द्रमा सोमवार राति मृत्यु भएको केन्द्रका सूचना अधिकारी आनन्द लामिछानेले जानकारी दिनु भयो।

मृतकलाई यही कात्तिक १२ गते पोजेटिभ देखिएपछि नोबेल शिक्षण अस्पतालले थप उपचारका लागि सोही दिन केन्द्रमा पठाएकोमा सघन उपचार कक्ष(आईसियु)मा उपचारको क्रममा मृत्यु भएको हो ।मृतक उच्च रक्तचाप र मृगौलाका पुरानो विरामी रहेका थिए।

प्रतिक्रिया