आइतबार, साउन १० २०७८
काठमाडौं १५:०४
वासिङटन डिसी 05:19

मेलानिया ट्रम्पद्वारा बाइडेन माथि प्रहार

इनेप्लिज २०७७ कार्तिक १८ गते १:०६ मा प्रकाशित

प्रथम महिला मेलानिया ट्रम्पले डेमोक्र्याटका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन माथि प्रहार गरेकी छिन् । यो भन्दा अगाडी पनि उनले प्रहार गरेकी थिइन् । मेलानियाले आज नर्थ क्यारोलाइनाको हन्टरभिलमा दिउसो आफ्नो एकल भाषण राखेकी थिइन् ।

यो समेत उनको चौथो एकल अभियानमा उनले भाषण गरेकी छिन। उनले डेमोक्र्याटलाई कोभिड-१९को बिषय र सैनिकका बिषय लिएर उनले प्रहार गरिन ।

उनले नर्थ क्यारोलाइनामा “जब हुलदंगा र लुटेराहरूले हाम्रो शहरहरू जलाइरहेका थिए र कडा मेहनत गर्ने परिवारसँग सम्बन्धित साना व्यवसायहरू भत्काइरहेका थिए र हाम्रो समुदायमा रोजगारहरू ल्याइरहेका थिए, तब डेमोक्र्याट कता थिए?”भनि प्रश्न गरिन ।

वास्तवमा रास्ट्रपति डोनाल्ड ट्रम्पले जे कुरा भनेका थिए त्यही नै उनले भाषणमा भनिन । उनले ४७ बर्ष सम्म राजनैतिक जीवन बिताएका बाइडेनले राम्रो काम गर्छु भन्ने कुरामा कसरी विश्वास गर्ने बताईन ।

उनको भनाई ४ दशक सम्म के गरेको थिए उनले भन्ने आशय हो । जुन राष्ट्रपति ट्रम्पले बोल्छन त्यहि उनले दोहोर्याएकी थिईन।

श्रोत :सिएनएन

प्रतिक्रिया