आइतबार, साउन १० २०७८
काठमाडौं १७:५८
वासिङटन डिसी 08:13

अमेरिकामा चुनाव नतिजापछि अशान्ती,हिँसा हुने सम्भावना भएकोले व्यवसायीहरु धमाधम फल्याक/तख्दा लगाउदै

इनेप्लिज २०७७ कार्तिक १८ गते ०:०६ मा प्रकाशित

अमेरिकामा नोभेम्बर ३ मंगलबारका दिन हुने राष्ट्रपतिको निर्वाचनको प्रचार प्रसार चरम बिन्दुमा पुगेको छ । यो चुनाव ऐतिहासिक हुने पक्का भएको छ । अहिले सम्म कै सर्वाधिक प्रतिस्प्रद्धा हुने अनुमान गरिएको छ ।

कुनै घटना र केही भएन भने नोभेम्बर ३ मंगलबार राती सम्म चुनावको नतिजा आउने छ । दुवै राष्ट्रपतिका उम्मेदवारहरु राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उप राष्ट्रपति जो बाइडेन सोमबार नोभेम्बर २ का दिन आफूलाई मतदान गर्न र जिताउन मतदाताहरुलाई आव्हान गरि रहेका छन ।

यस पटक चुनाव नतिजापछि अशान्ती,हिँसा हुने सम्भावना भएकोले व्यवसायीहरु धमाधम आफ्ना पसलहरुमा फल्याक/तख्दा लगाउदै सुरक्षित गरि रहेका छन् । अमेरिकाका मुख्य शहर र बिशेष गरि मुख्य बजार ,चौक ,व्यापारिक केन्द्र ,चल्ती हुने व्यवसाय ,भवन,पसल आदिमा दुवै पक्षले जिते भने पनि उपद्रव र हिँसा हुने सम्भावना भएकोले सुरक्षित गरि रहेका छन् ।

साथै ओखति पसल,मदिरा पसल ,बैंक,गर गहना,हिरा र अन्य मुल्यवान व्यवसायहरुमा अझ लुटपाट समेत हुने सम्भावनालाई मध्य नजर गर्दै अग्रिम रुपमा तयारी गरि रहेका छन् ।

साथै अमेरिकाभरि नोभेम्बर ३ राती र नोभेम्बर ४ सम्म यस्ता अप्रिय घटना हुन सक्ने भएकोले सुरक्षाकर्मी,प्रहरीहरु पनि सतर्कता अपनाउने जनाएका छन् । व्हाइट हाउस नजिक ठूला ठूला फल्याक/तख्दा लगाइने भएको छ । सुरक्षाको कडा व्यवस्था गरिने भएको छ ।

अमेरिकामा खुद्रा विक्रेताहरु आफ्नो झ्यालहरु तख्दा लगाउने र मंगलवार राती चाँडै बन्द गर्ने भएका छन । न्यूयोर्कमा ठूलो संख्यामा प्रहरीहरु तैनात गरिने भएको छ । थोरै संख्यामा कार्यालयहरू, दन्त चिकित्सकहरू र चिकित्सकहरूले समेत बन्द गर्ने निर्णय गरि सकेका छन ।

अस्ट्रेलियाले आफ्ना नागरिकलाई सम्भावित अशान्तिको कारण अमेरिकाको यात्रा नगर्न भनिरहेको छ ।

श्रोत : न्यूयोर्क टाइम्स/ सिएनएन/ युएसटुडे

 

प्रतिक्रिया