आइतबार, साउन १० २०७८
काठमाडौं १५:४७
वासिङटन डिसी 06:02

बाइडेनको ध्यान पेन्सेल्भेनिया,ट्रम्प ५ राज्यमा केन्द्रित

इनेप्लिज २०७७ कार्तिक १७ गते १२:१० मा प्रकाशित

राष्ट्रपतिको चुनाव हुन् २ दिन मात्र बाकि हुँदा राष्ट्रपति ट्रम्प र बाइडेन दुवैले अत्यधिक कडा मेहनत गरि रहेका छन । ट्रम्प गत आइतबार ५ वटा राज्यमा चुनाव प्रसारमा सशक्त रुपमा लागेका थिए भने बाइडेन पनि त्यतिकै रुपमा चुनाव अभियानमा सशक्त रुपमा दौडाहामा छन ।

ट्रम्प आइतबार मिसिगन,आएवा,नर्थ क्यारोलाइना ,जर्जिया र फ्लोरिडामा थिए ।  राष्ट्रपति ट्रम्प मध्यराती सम्म फ्लोरिडा मै थिए । बाइडेन चुनावको अत्यन्तै प्रतिस्प्रद्धा भएको राज्य पेनसेलभेनियामा रहेका थिए ।

बाइडेन सोम्बार ओहायो जाने तरखरमा छन् भने त्यस पछि उनि आफ्नो जन्म स्थल पेन्सेलभेनियामा हुने छन । ओहायोमा मत सर्वेक्षणमा ट्रम्प अगाडी छन । यसै गरि कमला ह्यारिस जर्जिया र नर्थ क्यारोलाइनमा थिइन् भने माइक पेन्स नर्थ क्यारोलाइनाको गिर्जाघरको सेवामा उपस्थित भएका थिए ।

श्रोत : वाशिंगटन पोस्ट

प्रतिक्रिया