बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०१:१३
वासिङटन डिसी 14:28

विश्व विद्यालयहरूमा NRNA USA Student Ambassadors नियुक्ति

इनेप्लिज २०७७ कार्तिक १७ गते १२:०३ मा प्रकाशित

नमस्कार।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परीषद अमेरिकाको स्टुडेण्ड टास्कफोर्सले अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली विद्यार्थी अध्यनरत् विश्व विद्यालयहरूमा Student Ambassadors नियुक्ति गर्दै आइरहेको यहाँहरुलाई जानकारी नै छ ।

विद्यार्थीहरूलाई गैर आवासीय नेपालीको अभियानमा जोड्दै विद्यार्थीका समस्याको पहिचान गरी एनआरएनए मार्फत समाधानका लागि थप केही विश्व विद्यालयहरूमा सम्पर्क व्यक्तिका रूपमा Student Ambassadors नियुक्त गरिएको छ ।

पहिलो चरणमा १२ वटा विश्व विद्यालयहरूमा Student Ambassadors नियुक्ति गरिएको र अहिले दोस्रो चरणमा थप ६ विश्व विद्यालयहरूमा हाम्रो पहुँच बढाउन सफल भएका छौँ । आगामी दिनहरू मा पनि अन्य विश्व विद्यालयहरूमा Student Ambassadors नियुक्त गर्ने क्रम जारी नै रहने छ । Student Ambassadors ले विद्यार्थीका समस्याहरू सङ्कलन गरी स्टुडेन्ट टास्कफोर्समा उपलब्ध गराउनेछन् भने ती समस्याहरू र समाधानका उपायलाई जोडेर एक प्रतिवेदन एनआरएनए अमेरिकालाई बुझाइने छ । टास्क फोर्स र Student Ambassadors हरुका बिचमा समन्वय गर्दै आगामी कार्यक्रमहरू सम्पन्न गरिनेछ ।

त्रिभुवन पाण्डे
संयोजक
स्टुडेन्ट टास्कफोर्स
गैर आवासीय नेपाली संघ, अमेरिका

 

प्रतिक्रिया