बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०३:३३
वासिङटन डिसी 16:48

अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या ७४ हजार संक्रमित ,४२७ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १७ गते ११:३२ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७४ हजार १ सय १३ पुगेको छ । यसै गरि मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको न्यूयोर्क टाईम्सको तथ्याङ्कले देखाएको छ ।

उक्त तथ्यांक गत आइतबार नोभेम्बर १ का दिन २४ घण्टामा लिइएको हो । गत हप्ता औसतमा हरेक दिन ८२ हजार ८ सय १२ जना संक्रमित भएको तथ्याङ्क न्यू योर्क टाइम्सले निकालेको छ ।

गत दुई हप्तामा औसतमा ४५ प्रतिसत संक्रमितको संख्यामा वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २ लाख ३५ हजार ५ सय २२ को मृत्यु भएको छ भने ९३ लाख ७७ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३७ लाख मानिसहरु निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्याल/न्यू योर्कटाइम्स

प्रतिक्रिया