शुक्रबार, साउन ८ २०७८
काठमाडौं २१:३६
वासिङटन डिसी 11:51

पर्व समय सुधार सम्वन्धि अन्तर सम्वाद कार्यक्रम सम्पन्न

इनेप्लिज २०७७ कार्तिक १६ गते २३:४२ मा प्रकाशित

ओर्ल्याण्डो फ्लोरिडा, सं.रा.अमेरिका ।पर्व समय सुधार अमेरिका समाजको संयोजनामा अन्तर सम्वादको तेस्रो श्रृंखला हिजो यहॅा सम्पन्न भएको छ। अनेसास फ्लोरिडा च्याप्टरको प्राविधिक र प.स.सु.स.रा.का.समितिको मानविय श्रोतको सहयोगमा आयोजित उक्त कार्यक्रम न्युयोर्क समय सॅाझ ८:१५ बजे कार्यक्रम संयोजक एवं संचालक निजानन्द मल्लले परिसम्वादको उदेश्य एवं औचित्य माथि प्रकाश पार्नु हुदै सम्पूर्ण सहभागिहरुलाई समाजको तर्फबाट स्वागत गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो। सूर्य प्रकाश जमरकटेलले सौरमण्डलको बर्णन सहितको खगोलिय ब्याख्यॅाको सार्थक कविता वाचन गर्नुभएको थियो।

परिसम्वाद कार्यक्रममा नेपाल सरकारको पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव ई. हरि नारायण मल्लले “काष्ठमाण्डवको पृष्ठभूमि र पर्व सुधारसंगको सम्वन्ध”, बाल्मिकी क्याम्पस, नेपाल संस्कृत बिश्वबिध्यॅालयका सह प्रध्यापक जयन्त आचार्यले “अयनॅाशमा आएको परिवर्तन र पर्व समयमा पर्ने प्रभाव” र पृथ्वि नारायण बहुमूखि क्याम्पसका उप प्रध्यापक कल्याण पन्तद्वारा “पर्व सुधारका बैज्ञानिक आधारहरु” बारे तीन प्रस्तोताहरुले आफ्ना छुट्टाछुट्टै संक्षिप्त अवधारणाहरु प्रस्तुत गर्नुभएको थियो।जस माथि पाटन क्याम्पसका प्राध्यापक राजन जोशी, ललितपुरका प्रथम राज बज्रचार्य लगायत च्यॅाटिंगबाट पोखराका टपेन्द्र रीजाल, गोर्खाका बद्रि मास्के, चितवनका हिरा अधिकारी, अमेरिका एप्पलटनका बिष्णु अधिकारी, परासीका श्याम बसेल लगायत बिभिन्न सहभागिहरुले आ-आफ्ना जिज्ञाशा, सुझाव र भनाईहरु राख्नु भएको थियो भने तिनलाई थप प्रष्टयॅाउने, जोडने र सच्यॅाउने जमर्को सम्वम्धित प्रस्तोता लगायत ज्योतिषिज्ञ खगोलबिद प्रमोद आचार्य कौड्यायानन् र दिनानाथ पण्डितहरुले समेत गर्नुभएको थियो।

कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्र एवं समग्र कार्यक्रमको सम्वन्धमा सर्वोच्च अदालतका पूर्व मुख्य रजिष्टार, नेपाल ल कलेजका का.का. निर्देशक र नेपाल शिक्षण परिषदका अध्यक्ष समेत रहनुभएका संविधानविद् डा. रामकृष्ण तिमिल्सिना, विस्कान्सिनका डा. रमेश खनाल, बोस्टनका डा. डिल्ली प्र. पौडेल, यु.एस.एफ. ट्यॅाम्पाकी प्राध्यपिका डा. प्रगती घिमिरे, नेपाल संस्कृत बिश्वबिध्यालय अन्तर्गतका तनहूका भानु संस्कृत बिध्यापिठका प्राचार्य पूर्णचन्द्र बाग्ले, पोखरा म.न.पा. की महिला अभियन्ता संगिता तिमिल्सिना लगायतका बिद्वान सहभागिहरुले कार्यक्रम अत्यन्त उपयोगि एवं महत्वपूर्ण रहेकोले हाम्रो मौलिक सॅास्कृतिक, धर्मदर्शन र ज्ञानहरुलाई अझैं उत्खनन गरेर यथार्थता जनसमक्ष ल्यॅाएर पर्व समयादि सुधार्न पर्नेमा सुझाव समेत जोड दिनुभएको थियो।

कार्यक्रमको अन्त्यमा पर्व समय सुधार सम्वन्धमा ज्योतिष, खगोलिय गणित, धर्म दर्शन, ऐतिहासिक घटना परिघटना प्रमाणहरु र प्रयोगहरुको शोध खोज गर्दैं तत्सम्वन्धित बिज्ञ एवं बिद्वानहरुलाई आमन्त्रण गर्दै आमजनहरुमा तत्थ्य बिषय बस्तुहरु क्रमिकरुपमा अघि ल्यॅाउदै जानेमा समाज कृतसंकल्पित रहेको ब्यहोरा मल्लले जानकारी गरॅाउदैं कार्यक्रमको सफलतामा पृष्ठभूमिबाट सहयोग गर्नु हुने उपाध्यक्षद्वय कृष्ण प्र. न्यौपाने, दिनानाथ पंडित, प्राविधिक सहयोगि महासचिव बलराम श्रेष्ठ र सचिव सॅदिप सापकोटा लगायत सम्पूर्ण समाजका पदाधिकारीहरु प्रति आभार प्रकट गर्नुभयो भने पर्वसमय सुधार राष्ट्रिय समाज नेपालको केन्द्रिय अध्यक्ष महेश्वर जुजु राजोपाध्यायले कार्यपत्र प्रस्तोतात्रय, अतिथि बिद्वानबर्ग, सम्पूर्ण सहभागि, सहभागि एवं अमेरिका समितिलाई धन्यवादज्ञापन गर्नु हुदैं समग्र कार्यक्रमको समापन गर्नुभएको थियो

प्रतिक्रिया