पिडा सहेको
अति धेरै भयो
यो देहमा
कता पोखुं, कसो गरुं
त्यसै यो मन
जलिरहेछ, पोलिरहेछ
गुनासो छैन कसै सगं
न त चित्त दखाई नै
टोलिंदा टोलिंदै
एकान्तमा भित्र भित्रै
दु:खी छु आजभोलि
अति असहाय एक्लो हुन्छु
नितान्त एक्लो छु म
तर पनि मलाई
अति निर्धो चांही न सम्झ
किन कि
जीवनदेखि आत्तिएकी छैन म
गन्तव्य विमुख भएर बिच बाटोमा
थुचुक्क वसेकी पनि छैन म
कोलाहलमय यो संसार देखि
काहाली लाग्दा
निस्तब्ध रातहरु संग निस्सासिएर
जिवनदेखि भाग्न चाहेकी पनि छैन म
भोलि बिहान ब्यूझदा
अर्कै जुनीमा
एउटा नौलो आशाको किरण
एउटा नौलो उत्साह जुटाएर
छुट्टै नंया जग वसाएकी हुने छु
शिक्षकहरुले
कालो पाटीमा
लेखेका अक्षरहरु मेटाए जस्तै
मेरा मनका सारा पीर व्यथाहरु
मेटाएकी हुने छु
त्यसैले
म मेरा सामु तेर्सिएका चट्टानहरु
फोड्न तयार छु
तगारो तोड्न तयार छु
किन कि
मैले स्वर्णिम भविष्यका कल्पनाहरु सजाएकी छु
मैले सुन्दर भविष्य देखेकी छु।
प्रतिक्रिया