शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ११:१६
वासिङटन डिसी 00:31

संचार घरहरुका समर्थन : बाईडेनलाई ११९ र ट्रम्पलाई १०

इनेप्लिज २०७७ कार्तिक १६ गते २१:३४ मा प्रकाशित

कुनै पनि उम्मेदवारलाई जो कसैले पनि समर्थन जनाउदछन । अमेरिकामा बिशेष गरि ठूला चर्चित संचार घरहरुले आफ्ना मन परेका र योजना राम्रा ल्याएका उम्मेदवारहरुलाई समर्थन गर्दछन ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरुलाई केही नगन्ने भएकोले अत्यधिक उनिसंग चिढिएका छन । पत्रकारहरुलाई भुसुना झैँ गन्दछन कारण उनि अर्बपति ब्यापारी हुन् र उनलाई लिनु न दिनु छ । पत्रकार खुसि पार्नु उनको लागि सम्भावना नै छैन । पत्रिका र पत्रकारलाई किर्ते,जाली पत्रिका भन्ने गरेको र ठाडै झपार्ने गर्ने गरेकोले उनिसंग अधिकांश पत्रिका टाडा छन् ।

उनले राम्रो गरेता पनि राम्रो लेखिदैनन । लन्डनको इकोनोमिस्टले बाइडेनलाई १९८० देखि पहिलो पटक समर्थन गरेको छ जसले रिपब्लिकनका रोनाल्ड रेगनलाई समर्थन गरेको थियो । अमेरिकाको युएसए टुडेले कहिले पनि राष्ट्रपतिक उम्मेदवारलाई अनुमोदन अर्थात् समर्थन गरेको थिएन भने यस पटक बाइडेनलाई समर्थन गरेको छ ।

गत सोमबार सम्म हिल पत्रिकाले अहिले सम्म ११९ पत्र पत्रिकाले समर्थन जनाएको लेखेको छ । राष्ट्रपति ट्रम्पको रंगभेदी बिभाजनको नीति, कोरोनामा व्यवस्थापन गर्न असफल लगायत अमेरिकी प्रजातन्त्रको मूल्य मान्यताको अस्तित्वनै समाप्त हुने देखे पछि यतिखेर बहुसंख्यक अमेरिकी संचार माध्यमले राष्ट्रपतिका उम्मेदवार जो बाईडेनलाई ईन्डोर्स (समर्थन) गरेका छन्।

बाईडेनलाई दैनिक, साप्ताहिक र अन्य संचार माध्यम गरी ११९ ले समर्थन गरेका छन् भने राष्ट्रपति ट्रम्पलाई १० वटा मात्र संचार माध्यमले मात्र समर्थन गरेका छन् ।

न्यू जर्सीबाट संचालित नेपाली पत्रिका (अङ्किय पत्रिका )नेपालिजम डट कमले बाईडेनकै पक्षमा समर्थन गरेको छ ।

बाइडेनका लागि समर्थन गर्न केहि प्रमुख संचार माध्यमका भनाईहरु ;

बाइडेन यस क्षणको लागि प्रायः विशिष्ट स्थानमा छन्। उनले अमेरिकाको सरकारमा शालीनता, सम्मान र योग्यता पुनर्स्थापित गर्नेछन्।” – वाशिंगटन पोष्ट

“जो बाइडेन सबै अमेरिकीहरूका लागि राष्ट्रपति बन्ने वाचा गरेका छन्, उनलाई समर्थन नगर्नेहरू समेत।” – न्यू योर्क टाइम्स

“ट्रम्पको रेकर्डले सजिलै ‘ट्रम्पको बाहेक अरु कसैको स्थितिलाई जायज ठहराउँछ। तर बाइडेन ट्रम्पको लागि मात्र राम्रो छैनन ; धेरै हिसाबमा उनी ट्रम्पको विरोधी हो। ” – लस एन्जलस टाइम्स

“हामी कुनै भ्रममा परेका छैनौं: ट्रम्पको पक्ष अनियन्त्रित कौशल र निर्दयी छ, जीतको लागि कुनै पनि मान्यता वा कानून भंग गर्न इच्छुक छन । यद्यपि, हामी आशा गर्छौं कि बाईडेनले उनको अन्तरले विस्थापन गर्नेछन् जुन लामो समयसम्म चलेको विवाद वा नागरिकको प्रकारलाई रोक्दछ। ट्रम्पलाई रमाईलो लाग्न सक्ने अशान्ति। ” – द न्यू योर्क

“वैज्ञानिक अमेरिकीले आफ्नो१५५ बर्षको इतिहासमा राष्ट्रपति पदका उम्मेद्वारलाई कहिले पनि समर्थन गरेको छैन। यस वर्ष हामी यसलाई गर्न बाध्य छौं। हामी यसलाई हल्का रूपमा गर्दैनौं। प्रमाण र विज्ञानले देखाउँदछ कि डोनाल्ड ट्रम्पले अमेरिका र यसका जनतालाई नराम्ररी क्षति पुर्‍याएको छ।” किनभने उसले प्रमाण र विज्ञानलाई अस्वीकार गर्दछ। ” –  अमेरिकी वैज्ञानिक

“२०२० को चुनावले देशलाई ४५ औं राष्ट्रपतिले गरेका जातिवाद, तानाशाही, केही पनि थाहा नपाएको कुराबाट पुनः सुरु गर्ने र पुनर्निर्माण गर्ने अवसर प्रदान गरेको छ। जो बाइडेन भन्दा चुनौतीको लागि उपयुक्त केही अमेरिकीहरू छन्।” – रोलिंग स्टोन

“दुई व्यक्ति राष्ट्रपतिको लागि उठिरहेका छन्। एउटा डरलाग्दो मान्छे हो; अर्को शिष्ट मानिस। भलादमी मानिसलाई मत दिनुहोस्।” – एट्लान्टिक

“जो बाइडेनको समर्थन गरेर हामी जोड दिइरहेका छौं कि संयुक्त राज्यको राष्ट्रपति छान्नेमा मूल्य छ जुन अरूसँग घुलमिल भएर नबस्छ। अपमान, गिल्ला वा बदनाम नगर्ने राष्ट्रपति छनौट गर्नुको महत्व छ। हाम्रो देशले र राम्रो गर्नु पर्छ ” – शिकागो ट्रिब्यून

“बाइडेनले यो गडबडी ठीक गर्न सक्छन ।” – सियाटल टाइम्स

“यो चुनाव हामी अझै पनि” अमेरिकी अपवादवाद “को अवधारणालाई अँगाल्छौं कि छैन भन्ने कुराको परिक्षण हो कि हाम्रा मूल्यमान्यताहरू, हाम्रो राजनीतिक प्रणाली र हाम्रो इतिहासको गुण यति भिन्न छ, यति योग्य छ, कि हामी विश्वका लागि एक नमूना हौं। ” – सन फ्रांसिस्को क्रनिकल

“बाइडेनलाई परिवर्तनको खाँचो छ। विकल्प हाम्रो लोकतन्त्रको लागि खतरनाक हुन सक्छ।” – ट्यामपा बे टाइम्स

“अमेरिकालाई जो बाइडेन चाहिएको छ।” – न्यूजटुडे

“देशको चिन्ता गर्ने कसैले पनि यस वर्ष बाईडेन लाई मत हाल्छ, राम्रो र सक्षम मान्छे जसले अमेरिकालाई सन्तुलितर्फ फर्काउन सक्छ।” – बफेलो न्युज

२०१६ मा पनि हिलारी क्लिन्टनलाई यस मध्ये अधिकांशले समर्थन जनाएका थिए तर पनि पराजित भईन । पत्रकार संग ट्रम्प घुलमिल गर्न सक्दैनन् । उनलाई केवल फक्स न्यूज मात्र भयो भने पनि पुग्छ । संचार माध्यमले उनको खेदो खन्ने र काम गरेता पनि हौशला नदिने हुनाले उनि पत्रकार भने पछि काउसो झैँ सम्झञ्छन ।

स्मरण रहोस ,सन् २०१६ मा पनि ट्रम्पलाई ७ वटा संचार माध्यमले समर्थन गर्दा पनि चुनाव बाजी मारेका थिए ।

प्रतिक्रिया