शुक्रबार, साउन १५ २०७८
काठमाडौं ०७:२४
वासिङटन डिसी 21:39

ह्यालोविनको पोशाक लगाई क्युबेक शहरमा चक्कु प्रहारबाट २ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १६ गते १५:५० मा प्रकाशित

क्युबेक शहरमा चक्कु प्रहारबाट २ जनाको मृत्यु भएको छ भने अन्य ५ जना छुरी प्रहारबाट सख्त घाइते भएका छन । उक्त घटना आइतबारका दिन ह्यालोविनका दिन घटेको क्युवेक सिटी(शहर)का प्रहरीले बताएका छन ।

क्यानडाको प्रान्तमा छुरी प्रहार गर्ने व्यक्तिले ह्यालोविनको पोशाक लगाएका थिए । साथमा सुसज्जित धारिलो हतियारले प्रहार गरेका थिए । ५ जनालाई अस्पताल भर्ना गरिएको छ भने उनीहरुको अवस्था बारे कुनै थप जानकारी छैन ।

क्युबेक शहरका प्रहरी प्रवक्ताका अनुसार करिव २० बर्ष उमेरका उक्त संदिग्धको छुरी आक्रमणबाट २ जनाको मृत्यु र ५ जना घाइते भएको निश्चित गरेका छन । उक्त क्षेत्रमा सबैलाई घरभित्रै बस्न प्रहरीले आव्हान गरेका छन । उक्त आक्रमण जीएमटि समय ०६:०० भन्दा अगाडी भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनि कुनै आतंकवादी समूह संग आबद्ध नभएको जनाएका छन । उक्त घटना ऐतिहासिक पुरानो क्युवेक नजिक भएको थियो ।

क्यानाडाका प्रधान मन्त्रिले सामाजिक संजाल ट्वीट मार्फत दुख व्यक्त गर्दै समवेदना दिएका छन । र शिघ्र लाभको कामना गरेका छन भने यस्तो अवस्थामा त्यहा पुगी पीडितलाई हेरचाह गरेकोमा धन्यबाद दिएका छन ।

श्रोत : न्यूयोर्क टाइम्स/ एबिसी न्यूज ,तस्बिर :न्यूयोर्क टाइम्स/एएफपि

प्रतिक्रिया