धरानभित्रको सुन्दर गाउँ विष्णुपादुका (फोटोफिचर)

कर्ण राई २०७७ कार्तिक १६ गते १३:४७ मा प्रकाशित

धरान: केही बर्ष अघि तत्कालिन धरान नगरपालिकामा गाँभिनु अघि विष्णुपादुकाको अलग्गै अस्तित्व थियो।तत्कालिक विष्णुपादुका गाविस अहिले धरानको वडा नं २० भएको छ ।

हुन त अहिले पनि विष्णुपादुकाको पहिचान नामेट भएको छैन।हिन्दु धर्मावलम्बीहरुको पौराणिक महत्वको विष्णुपादुका मन्दिर छदैछ।तर,विगतमा जसरी विष्णुपादुका गाउँविकास समिति थियो,अब त्यो राजनीतिक एवं प्रशासनिक केन्द्रको रुपमा भने छैन।सिंगो गाविस धरानमा गाँभिएर उपमहानगर पालिका भइसकेको छ,र वडा नं २० बनेको छ।

धरान आधुनिक सहर।कोलाहाल, धुँवा, धुलो र ब्यस्त जीवन।तर, जब मानिसहरु सर्दु खोला तरेर डाँडातिर उकालो चढ्छन्,तब शान्त वातावरण पाउँछन्। प्रकृति सँग प्रत्यक्ष साक्षात्कार हुन्छ,स्वच्छ हावाले साउती मार्छ।ग्रामिण परिवेश तथा नेपाली परम्परागत,मौलिक घरहरु देखिन्छ।कृषि यहाँको प्रमुख पेशा हो। पछिल्लो समय विष्णुपादुका धरानको पर्यटनको केन्द्र पनि बन्दै गएको छ ।

२२० केभिएको कोशी कोरिडोर प्रशारण लाइनको टावर ठडिनु बाहेक अहिले पनि विष्णुपादुका लाई विकासको नाममा आधुनिकताले गाँजेको छैन।मोटर बाटो त खुलेको छ,तर पक्की सडक अझै भइसकेको छैन।कोकाह गाउँमा होम स्टे पनि सञ्चालनमा छ।गुरुङ छाप,तामाङहरुको घना वस्ती भएको वंशिला गाउँ तिर पुग्दा मन त्यसै रमाउँछ।खैरेबाट उभिएर पश्चिमतिर फर्कदा टेम्के डाँडा छर्लङ्गै देखिन्छ।टेम्के डाँडा भोजपुर र खोटाङको सिमाना हो।ग्रामिण पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ हो विष्णुपादुका।

समाचार साभार :क्लिक धरान :https://clickdharan.com/news/2020/11/01/3078.html

 

प्रतिक्रिया