दोहा, कतार । विश्व जगत नै कोरोनाको सन्त्रासबाट गुज्रिएको अवस्थामा हालको सहज बाताबरणलाई मध्यनजर गर्दै प्रवासी भुजेल समाज कतारको १० औ स्थापना दिवस तथा दशै भेटघाट कार्यक्रम सम्पन गरेको छ ।
समाजका अध्यक्ष बिनोद भुजेलको सभापतित्वमा आदिवासी जनजाती महासंघ कतार अध्यक्ष शिव भुजेलको प्रमुख आतिथ्यतोमा गत शुक्रबार दोहाको नज्मा स्थीत सुन्दरबन रेस्टुरेन्टको सभाहलमा कार्यक्रम सम्पन भएको उपाध्यक्ष प्रभात भुजेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलले संस्थाको १० औ स्थापना दिवसको शुभकामना सगै संस्थाको अझै उत्तरोत्तर प्रगतीको कामना सहित दशै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थिति भुजेल तथा गैर भुजेललाई समाजका प्रथम उपाध्यक्ष प्रभात भुजेलले स्वागत गरे । सक्रिय सदस्य श्रीमान जिसिले कार्यसमिति सदस्यहरु लगायत समाजका चेलिबेटी साथै दोहा कतारमा स्थापित हाम्रो सपना सगंीत परिवारका सदस्यहरुलाई माँयाको चिने प्रदान गरेका थिए ।
समाजका महासचिव युवराज भुजेल संचालन गरेको उक्त कार्यक्रममा समाजका संरक्षक नियम भुजेल, सल्लाहकारहरु बिकास भुजेल , धन बहादुर भुजेल र मानार्थ सदस्य रन्जना भट्टराई साथै प्रदेश १ संयोजक छबि भुजेल, प्रदेश ३ संयोजक रोज भुजेल लगायतले स्थापना दिवस साथै दशै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति समाजका अध्यक्ष बिनोद भुजेलले उपस्थीती सम्पुर्ण भुजेल तथा गैर भुजेलहरुलाई कार्यक्रमलाई सफल पार्न अहोरात्र खटिनु भएकोमा धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिक्रिया