सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०७:५४
वासिङटन डिसी 21:09

फक्सन्यूज सर्वेक्षण : बाइडेन ट्रम्प भन्दा ८ अङ्कले अगाडी

इनेप्लिज २०७७ कार्तिक १६ गते ०:२५ मा प्रकाशित

फक्सन्यूज राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै भन्दा फरक नपर्ला । राष्ट्रपति ट्रम्पको सर्वाधिक ,अत्यधिक रुपमा मन पराउने संचार माध्यम नै फक्सन्युज हो । सर्वाधिक चर्चित र लोकप्रिय छ । झन् रिपब्लिकनहरुले यो मात्र हेर्दछन भन्दा फरक नर्पला । फक्सन्यूजले ट्रम्प बिरुद्धका बिषयमा ट्रम्प कै तर्फबाट उनकै प्रवक्ता झैँ रक्षा र बचाऊ गर्न कुनै कसर छाड्दैन ।

फक्सन्युज र राष्ट्रपति नङ्ग र मासु झैँ हुन् । ट्रम्प यो भन्दा बाहेक कसैलाई गन्दैनन । समाचार हेर्ने र अन्तर्वार्ता दिने नै फक्सन्युज हो । यसै चर्चित समाचारले बाइडेन ट्रम्प भन्दा ८ अङ्कले अगाडी छर्लंग देखाईदिएको छ ।

ट्रम्प पछाडी परेको सर्वेक्षण प्रकाशित हुँदा फक्सलाई पनि धज्जी उडाउछन । यो निर्वाचनमा विश्वकै चर्चित ,ख्याती प्राप्त ,अधिकांश ठूला ठूला संचारगृहहरुले सुरु देखि नै बाईडेन नै अगाडी रहेका देखाई रहेका छन । सन् २०१६ मा पनि यस्तै प्रस्तुति देखाउदा ट्रम्पले हिलारी क्लिन्टनलाई हराई दिएका थिए ।

फक्सन्यूज ट्रम्प प्रति अत्यन्तै नजिक छ । पक्षमा वकालत गर्दछ किनभने ट्रम्पले यसलाई च्यापेका छन् । फक्सका अनुसार अक्टोबरको प्रारम्भमा १० अङ्कले अगाडी भएता पनि हाल ८ अंकले अगाडी भएको सर्वेक्षण देखाएको छ । बाइडेन राष्ट्रिय मत सर्वेक्षणमा ५२-४४ को फरकमा अगाडी भएको जनाएको छ ।

३ हप्ता अगि बाइडेन ५३-४३ अङ्कमा थिए भनि उल्लेख गरेको छ । सम्भावित मतदाताहरुमा सेप्टेम्बरको शुरुदेखि पूर्व उपराष्ट्रपतिलाई समर्थन ५१-५३ प्रतिशत रहेको जनाएको छ ।

सर्वेक्षण अनुसार ट्रम्प स्वेत पुरुषहरुको रोजाइमा १७ अङ्क,गाउँका मतदातामा १८ अङ्क,स्वेत इसाई धर्मका इसाईमा ५० अङ्कमा रहेका छन् भने सन् २०१६ को तुलनामा कमि आएको जनाएको छ ।

यसै गरि बाइडेनको पक्षमा महिला १७ अङ्क,उप नग उन्मुखका महिला २९ अङ्क,स्पानेली १८ अङ्क,अस्वेत ६६ अंक,३० बर्ष भन्दा मुनिका ३२ अंक रहेको फक्स न्युजले देखाएको छ ।

बृद्ध तथा वरिष्ठ नागरिकहरुले सन् २०१६ मा ट्रम्पलाई ९ अङ्कले समर्थन गरेका थिए भने नया सर्वेक्षण अनुसार बाईडेनलाई १० अङ्कले मन पराएको सर्वेक्षण गरेको छ ।

यसै गरि स्वतन्त्र र सानो उप समूहमा बाईडेन ५४-३२ प्रतिसतले अगाडी रहको जनाएको छ भने बिगतमा एकल अंकले ट्रम्पले जितेको उल्लेख गरेको छ ।  बाईडेनको पक्षमा ११ व्यक्तिगत मुल्यांकनमा ५५ प्रतिसतले उनको पक्षमा र ४४ प्रतिसतले उनको विपक्ष भएको फक्स न्यूजको सर्वेक्षणले देखाएको छ

अर्को तर्फ ४४ प्रतिसतले ट्रम्पलाई सकारात्मक रुपमा हेर्ने लेखेको छ भने ५५ प्रतिसतले नकारात्मक रुपले हेर्ने जनाएको छ । यस बाहेक ४८ प्रतिसतले ट्रम्प प्रति कडा प्रतिकूल राय राखेका थिए भने बाइडेनलाई ३४ प्रतिसत प्रतिकूल राय राखेका थिए ।

श्रोत :फक्सन्यूज

प्रतिक्रिया