शुक्रबार, साउन १५ २०७८
काठमाडौं १२:०३
वासिङटन डिसी 02:18

मिसिगन र विस्कनसिनमा बाइडेन अगाडी ,एरिजोना र नर्थ क्यारोलाइनामा कडा प्रतिस्प्रद्धा

इनेप्लिज २०७७ कार्तिक १५ गते २२:३२ मा प्रकाशित

अमेरिकामा निर्वाचन हुन् केवल ३ दिन बाकि हुँदा राष्ट्रपति पदमा अत्यधिक कडा प्रतिस्प्रद्धा देखिएको छ । विभिन्न संचार माध्यमले आ-आफ्नै सर्वेक्षण गरि रहेका छन् । अधिकांश मत सर्वेक्षणमा जो बाइडेन अगाडी रहेको देखिएको छ । सन् २०१६ मा पनि हिलारी क्लिन्टन अगाडी रहको देखिएता पनि निर्वाचनमा पराजित भईन ।

अहिले सम्म गरिएको मत सर्वेक्षणमा हिलारीको भन्दा बाइडेन निकै अगाडी देखिएका छन् । नोभेम्बरको ३ का दिन ट्रम्प र बाइडेनको भाग्यको फैसला हुनेछ ।

पूर्व उपराष्ट्रपति जो बाइडेन मिसिगन र विस्कनसिनमा बाइडेन अगाडी रहेको सर्वेक्षण सिएनएनले प्रकाशित गरेको छ । यसै गरि एरिजोना र नर्थ क्यारोलाइनामा कडा प्रतिस्प्रद्धा रहेको जनाएको छ ।

ट्रम्पले सन् २०१६ मा ४ वटै राज्यहरु जितेका थिए भने यी राज्यहरुमा पराजय हुने बित्तिकै २७० ईलेक्टोरल भोट्स ( निर्वाचन सम्बन्धि मत) उनलाई बिजयी हुन् गाह्रो हुनेछ ।

सर्वेक्षणका अनुसार बाइडेन ती मतदाताहरुमा ठूलो फाइदा उठाएका छन् । जुन पहिले नै हुलाक मार्फत वा व्यक्तिगत रुपमा स्वयम व्यक्ति गएर आफ्नो मत दिएका थिए ।

उत्तर क्यारोलाइनामा गरिएको मत सर्वेक्षणको परिणामले बाइडेन ट्रम्प भन्दा अगाडि रहेका छन । बाइडेन ५१ प्रतिसत र ट्रंप ४५ प्रतिसत रहेका छन् । यसै गरि मिसिगनमा ५३ प्रतिसत बाइडेन र ४१ प्रतिसत ट्रम्प मत सर्वेक्षणले देखाएको उल्लेख गरेको छ ।

यसै गरि एरिजोनामा गरिएको मत सर्वेक्षणमा बाइडेन ५० प्रतिसत र ट्रम्प ४६ प्रतिसतमा रहेको सर्वेक्षण प्रस्तुत गरेको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया