गत हप्ता नाईजरमा अपहरण गरिएका एक अमेरिकी नागरिकलाई छिमेकी नाइजेरियामा उच्च जोखिममा अमेरिकी सेनाको आक्रमणमा उद्धार गरिएको छ । अपहरणकारीहरुसंग भएका संचार माध्यमका उपकरण(भ्रमणध्वनि/)बाट फिलिपलाई कहाँ राखिएको थियो भन्ने अमेरिकी सेनाले पत्ता लगाएका थिए ।
अमेरिकी नौ सेनाको ईलाइट नामको कमान्डो टोलीले अमेरिकी नागरिक फिलिप वाल्टनलाई उद्धार गर्नु मुख्य दायित्व लिएको थियो । उनि गत अक्टोबर २६ का दिन अपहरणमा परेका थिए ।
उक्त कारवाई संयुक्त राज्य अमेरिका, नाइजर र नाइजेरियाका सरकारहरू संलग्न थिए र वाल्टनलाई चाँडै उद्धार गर्नका लागि मिलेर काम गरेका थिए ।
सीआईएले वाल्टनको ठाउँ र अफ्रिकामा विशेष कारवाई टोली निर्माण गरिएको थियो । कारवाईको लागि बिशेष ६ जनाको नौसेना इलाइट सिल टिम(टोली)ले अपहरण मुक्त गर्दै र सबै अपहरणकारीलाई मार्न सफल भएको थियो ।
उक्त कारवाई सफल भए पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल एक ट्वीटमा उद्धार अभियानलाई “हाम्रो अति विशिष्ट अमेरिकी विशेष सेनाहरूका लागि ठूलो जीत” भने र पेन्टागनले एक विज्ञप्तिमा उद्धार अभियानको प्रशंसा गरे।
श्रोत : एबिसी न्युज
प्रतिक्रिया