शनिबार, मंसिर २० २०७७
काठमाडौं ०८:०५
वासिङटन डिसी 21:20

चुनाव अभियानमा सशक्त रुपमा ओबामा र बाइडेनसंगै

इनेप्लिज २०७७ कार्तिक १५ गते २०:५२ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामा उप राष्ट्रपति जो बाइडेनको चुनावी अभियानमा सँगै पहिलो पटक व्यक्तिगत रूपमा उपस्थित भएका छन । उनीहरु संगै मिशिगनको डेट्रोएट र फ्लिन्टमा प्रचार प्रसारमा लागेका छन । र आफ्नो पक्षमा मतदान ल्याउन मतदाताका ध्यान आकर्षण गर्न सक्दो प्रयासमा छन ।

बाइडेनको शनिबार पुन: कोरोना जाँच गरिएको छ भने उनि कोभिड-१९ बाट संक्रमित नभएको जनाइएको छ । यस समेत १८ पटक उनको कोरोना भाइरसको जाँच गरिएको हो ।

फ्लिन्टमा पहिलो कार्यक्रममा ओबामाले गाडी भित्रै बसेका मतदाताहरु रहेको भिडलाई भन्नको लागि आफ्नो मुखावरण (मास्क) हटाए र भने “यो मंगलवार, सबै कुरा मार्गमा छन्।”

“हाम्रो रोजगार मार्गमा छ, हाम्रो स्वास्थ्य सेवा मार्गमा छ,” ओबामा भने।

राष्ट्रपति ओबामाले महामारीको बारेमा राष्ट्रपति ट्रम्पको प्रतिक्रियालाई निन्दा गर्दै भने, “यदि ट्रम्प शुरुदेखि नै कोभिड-१९ मा केन्द्रित भएको भए ती घटनाहरू नयाँ रेकर्ड(किर्तिमान)मा पुग्ने थिएनन्।”

“ट्रम्प आफ्नो अहंकारलाई खुवाउने बारे ख्याल राख्छन्,” पूर्व राष्ट्रपतिले भने।

श्रोत : एबिसी न्यूज

प्रतिक्रिया