आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०५:०९
वासिङटन डिसी 18:24

अमेरिकामा अग्रिमरुपमा ९ करोडले मतदान गरे

इनेप्लिज २०७७ कार्तिक १५ गते १९:५२ मा प्रकाशित

अमेरिकी निर्वाचन हुन् केवल ३ दिन मात्र बाकि हुँदा ९ करोड अर्थात ९० मिलियन मतदाताले मतदान गरि सकेका छन । अहिले शुक्रबार अक्टोबर ३१ सम्म को आँकडाले उक्त संख्या देखाएको छ ।

अमेरिकाभरिका ४३ प्रतिसत दर्तावाला मतदातालले मत खसाली सकेका छन् । नोभेम्बर ३ अगाडी नै १४ राज्यहरुका आधा भन्दा ज्यादा मतदाताले मतदान गरि सकेका छन

अमेरिकाभर हाल सम्म ६६ प्रतिसतले मतदान अर्थात् दुई तिहाईले मतदान गरेका छन । सन् २०१६ मा १३६.५ मिलियन भन्दा ज्यादा मतदाताले मतदान गरेका थिए ।

आज शुक्रबार टेक्सस र हवाईमा सन् २०१६ मा खसेको मत निर्वाचन हुनु अगाडी नै खसाई सकेका छन् । अमेरिकाको ३५ वटा राज्यहरुमा सन् २०१६ मा खसेको मतदान जतिनै अहिले नै खसाई सकेका छन ।

अमेरिकाका अत्यन्तै प्रतिस्प्रद्धा हुने राज्यहरुमा क्रमस टेक्सस,जर्जिया,नर्थ क्यारोलाइना नेभादा,फ्लोरिडा,एरिजोना,कोलोराडो,विस्कनसिन,मेन,आएवा,मिसिगन ,मिनेसोटा र नेब्रास्कामा आदिमा समेत सन् २०१६ मा खसाएको जति मत झरि सकेको सिएनएनले जनाएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया