आइतबार, मंसिर १४ २०७७
काठमाडौं २०:०२
वासिङटन डिसी 09:17

मेरिल्याण्डको मदिरा गृहमा गोली चल्दा १ को मृत्यु,३ घाइते

इनेप्लिज २०७७ कार्तिक १५ गते १९:२३ मा प्रकाशित

 

 

मेरिल्याण्डको एक मदिरा गृहमा गोली चल्दा १ को मृत्यु र ३ जना घाइते भएका छन । उक्त घटना मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीमा भएको हो । गत शुक्रबार सिगार एण्ड हुकाह लन्ज नामक मधुशालामा राती ९ बजे अगाडी भएको प्रहरीले जनाएका छन ।

४ जना गम्भीर घाइते भएका मध्ये अस्पतालमा एक जनाको निधन भएको हो । शनिबार बिहान चार्ल्स काउन्टीले सामाजिक संजाल ट्वीटमा उक्त कुरा जानकारी गराएका हुन् ।

प्रहरीका अनुसार दुई समूह बीच वादविवाद हुँदा गोली चलेको बताए । उक्त गोलीबारी पछि क्रेन राजमार्गको केही भाग माटाहुमेन ड्राइभ र गिल्सपाई सर्कल नामक मार्गहरु दुवै तर्फ करिव १ घण्टा सम्म बन्द गरिएको थियो ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया