आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०३:५४
वासिङटन डिसी 17:09

जेम्स बोन्डको भूमिका निर्वाह गर्ने सन कनरी अब रहेनन

इनेप्लिज २०७७ कार्तिक १५ गते १६:२२ मा प्रकाशित

जेम्स बोन्डको भूमिका निर्वाह गर्ने सन कनरीको ९० बर्ष को उमेरमा निधन भएको छ । ५ दशक सम्म अभिनय गरि बिश्व प्रख्यात स्कटल्याण्डका अभिनेताको निधन भएको उनका परिवारले जानकारी दिएका छन ।

न्यान्सी सेलजरले एक बिज्ञप्ति निकाली शान्तपुर्वक उनको निधन भएको जनाएका छन । उनकी पत्नी मिसेलिन तथा २ छोराहरु जेसन र स्टेफेनले निधन भएको पुष्टि गरेका छन्।

महामारीको  कारण निजि रुपमा दाह संस्कार गर्ने योजना रहेको बुझिएको छ । १९६२ मा डा नम्बर नामक ७ वटा चलचित्रमा बेलायती जासुसको रुपमा अभिनय गरेका थिए उन्क्त चलचित्र बोन्डको चलचित्र रहेको थिए ।

उनका चर्चित चलचित्रहरु मार्नी ,मर्डर अन द ओरिएन्ट एक्सप्रेस लगायत प्रख्यात चलचित्रमा काम गरि सकेका छन् ।

१९८७ मा दि अनटचेलबमा उत्कृष्ट अभिनेताका रुपमा एकाडेमी पुरस्कारबाट सम्मानित भएका थिए ।

श्रोत : सिएनएन

प्रतिक्रिया