मनोज कुमार दाहाल
विराटनगर,१५ कात्तिक।प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा कोरोना सङक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन विराटनगरमा थप एक सय बेडको अक्सिजन सहितको अस्पताल(उपचार केन्द्र) सञ्चालन हुने भएको छ।
विराटनगरस्थित कोशी अस्पताल(कोभिड–१९) उपचार केन्द्रको हाताभित्र सुविधा सम्पन्न एयरकण्डिशन सहितको एक सय वेडको उपभमर केन्द्र आगामी १५ दिनभित्र सञ्चालन हुने भएको छ।
प्रदेश सरकारको व्यवस्थापन,विराटनगर महानगरपालिकाको रु २५ लाख तथा अन्य निजी क्षेत्रको सहयोगमा उक्त उपचार केन्द्र सञ्चालन हुन लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या वृद्धिसंगै उपचार केन्द्र सञ्चालनका लागि दु्रत गतिमा कार्य भइरहेको छ।
उपचार केन्द्रको आज अनुगमन पछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले निर्माण हुने उपचार केन्द्रका लागि सरकारले रु एक करोड प्रदान गरेको र प्रदेश सरकारद्वारा सञ्चालित सवै अस्पताल र केन्द्रमा सङ्क्रमितको उपचार निःशुल्क हुने बताउनु भयो।
उहाँले सङ्घीय,प्रदेश र विराटनगर महानगरको सहयोगमा थप एक सय बेडको भेन्टिलेटर सहित विशिष्टकृत सेवा सहितको उपचार केन्द्र यस हाताभित्र निर्माण कार्य केही दिनभित्र शुरु गर्ने जानकारी दिदै सङक्रमणबाट वच्न सम्पूर्ण नागरिकहरु आफ्, परिबार र समुदायको हितको लागि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गर्नु भयो।मन्त्री घिमिरेले विगतको अनुभवका आधारमा आगामी दिनमा बन्दाबन्दी नहुने बताउनु भयो।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट सञ्चालित अस्पतालले वढी शुल्क लिने, उपचार नगर्ने सम्वन्धमा आइतबारदेखि जिल्ला प्रशासन कार्यालयको सहयोगमा अनुगमन गर्ने जानकारी दिनु भयो।
उहाँले यो महामारीको बेलामा नाफा कमाउने होइन जनसेवा गर्नु पर्छ भन्दै महानगर कोरोना सङक्रमित विरामीहरुलाई सहज उपचारका लागि थप सहयोग सहितको कार्य गर्ने प्रतिद्धता व्यक्त गर्नु भयो।नागरिक केयर सेन्टरका संयोजक उद्योगी पवन सारडाले तिहार अगावै अक्सिजन सहितको उपचार केन्द्र सञ्चालनका लागि काम भईरहेको बताउदै आवश्यकक्ता अनुसार सेन्टरमा वेड थप गर्न सहयोग गर्ने बताउनुभयो।
प्रतिक्रिया