आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०३:४५
वासिङटन डिसी 17:00

अमेरिकामा कोरोना संक्रमितको संख्या अहिले सम्म कै सर्वाधिक,९९ हजार संक्रमित ,१०३० जनाको मृत्यु

अमेरिकामा संक्रमितको संख्यामा सर्वाधिक उच्च

इनेप्लिज २०७७ कार्तिक १५ गते ११:२१ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्यामा एकै दिनमा सर्वाधिक उच्च भएको छ । गत बिहिबार भन्दा शुक्रबार अझ संक्रमित र मृत्यु हुनेको संख्यामा उच्च भएको हो ।

कोभिड-१९ बाट एकैदिनमा कोरोनाबाट ९९ हजार ३ सय २१ नयाँ कोरोना संक्रमितहरु थप भएका छन् ।

१ हजार ३० जनाको मृत्यु भएको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ । उक्त तथ्यांक गत शुक्रबार अक्टोबर ३० का दिन २४ घण्टामा लिइएको हो ।

अमेरिकामा हाल सम्म २ लाख ३४ हजारको मृत्यु भएको छ भने ९२ लाख २२ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३६ लाख ७६ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया