आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०४:४४
वासिङटन डिसी 17:59

परिवर्तनका संवाहक २०२० अमेरिकाका लागि अनलाईन मनोनयन खुल्ला

इनेप्लिज २०७७ कार्तिक १५ गते ११:०३ मा प्रकाशित

नेपालीजम डट कमले यो वर्ष सन् २०२० को लागि चुनिने परिवर्तनका संवाहक २०२० युएसए अनलाईन मनोनयन खुल्ला गरेको छ । नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई मनोनयन गर्न सकिनेछ ।

समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी दिईनेछ । विगत र वर्तमानमा समाजलाई हानी पुर्याउने, अनैतिक कार्यमा संलग्न रहेको व्यक्ती मनोनयनको लागि अयोग्य ठहरिने छ ।

एक व्यक्तिले आफू या अन्य २५ जनासम्म मनोनित गर्न सक्नेछ । नोमिनेसनको अन्तिम मिति नोवेम्वर ३० तारिख, २०२० तोकिएकोछ भने नेपालीजम डट कम पहिलो वर्ष पुरा गरी दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा डिसेम्वर ७ तारिख नेपालिज्म डटकम परिवर्तनका संवाहक २०२० युएसए घोषणा गरिने छ ।

अनलाईन मनोनयन गर्न तलको लिङ्कमा जानुहोस्:

https://www.nepalism.com/changemakers

प्रतिक्रिया