बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:०९
वासिङटन डिसी 03:24

अमेरिकामा चुनाव हुनु अगावै ८ करोड मतदाताले मतदान गरि सके

इनेप्लिज २०७७ कार्तिक १५ गते २:१९ मा प्रकाशित

अमेरिकामा चुनाव हुनु अगावै ८ करोड मतदाताले मतदान गरि सकेका छन । नोभेम्बर ३ आउन अब ४ दिन मात्र बाकि रहेको छ ।

हाल सम्म फ्लोरिडामा ७८ लाख २२ हजार ३३ जनाले मतदान गरि सकेका छन भने गत बिहिबार मात्र ४ लाखले मतदान गरेका छन । यसै गरि जर्जियामा ३६ लाख ले अहिले सम्म मदन गरि सकेका छन् भने ३५ लाख मतपत्र हुलाकबाट आउन बाकि रहेको छ ।

सन् २०१६ को तुलनामा नर्थ क्यारोलाईनामा ८० प्रतिसत मतदाताले मतदान गरि सकेका छन । बिहान ५ बजे सम्म ४० लाख २२ हजार ८ सय ६५ जनाले मतदान गरि सकेका छन ।

अहिले सम्म पेन्सेलभेनियामा २० लाखले अग्रिम रुपमा मतदान गरि सकेको महा न्यायाधिवक्ताले जानकारी दिएका छन । यसै गरि टेक्ससमा ९० लाख मतदाता
ले अग्रिम रुपमा मतदान गरि सकेका छन ।

श्रोत :सिएनएन

प्रतिक्रिया