बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:४१
वासिङटन डिसी 03:56

विस्कनसिन ट्रम्पलाई जिताउन जम्मा गरिएको कोषबाट २३ लाख डलर चोरी

इनेप्लिज २०७७ कार्तिक १५ गते १:३८ मा प्रकाशित

अमेरिकाको विस्कनसिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुन:जिताउनको लागि रिपब्लिकन दलले सङ्कलन गरि राखेको २३ लाख डलर अनधिकृत (ह्याकर)ले चोरी गरेका छन ।

विस्कनसिन रिपब्लिकन दलका अध्यक्षले गत बिहीबार एसोसिएटेड प्रेसलाई बताए । जिओपी अर्थात् रिपब्लिकन दलका अनुसार गत अक्टुबर २२ मा संदिग्ध गतिविधि देखिएको जनाएका छन ।

उक्त घटना हुने बित्तिकै रिपब्लिकन दलले एफबिआईलाई खबर गरेको थियो । र यस बिषयमा एफबीआई अनुसन्धान गरि रहेको छ ।

श्रोत :पोलिटिको डटकम

प्रतिक्रिया