बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:३५
वासिङटन डिसी 03:50

भर्जिनियामा ८० बर्षिय बृद्धले बृद्ध पत्नीलाई गोली हानी हत्या,उनले आफैलाई गोली हान्दा उनको निधन

इनेप्लिज २०७७ कार्तिक १५ गते ०:२२ मा प्रकाशित

भर्जिनिया राज्यको स्पोटसिल्भेनियामा ८० बर्षिय बृद्धले आफ्नै ७६ बर्षिय पत्नीलाई गोली हानी हत्या गरेका छन् । उनले आफैलाई गोली हान्दा उनको र उनको पत्नीको निधन भएको छ ।

अक्टोबर ३० का दिन शुक्रबार बिहान ९:१५ मिनेट जाँदा उक्त घटना स्पोटसिल्भेनियाको अस्पतालमा भएको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार टुरेला नामक बृद्धले आफ्नी पत्नी पामेलाको हत्या गरेको बताएका छन् । भर्जिनियाको स्पोटसिल्भेनिया क्षेत्रीय चिकित्सा केन्द्रको चौथो तलाको पत्नी बसेको कोठामा घटेको हो ।

प्रहरीका अनुसार उक्त अस्पतालमा कुनै खतरा नभएको भन्दै अस्पतालले कसैको पनि झोला तथा जाँच उपकरण नभएको जानकारी दिए । उक्त घटना पछि कर्मचारीहरु दुखित भएको उक्त अस्पतालका प्रवक्ताले जनाएका छन् ।

प्रहरीहरुले किन उक्त व्यक्तिले गोली हाने र आफैलाई किन मारे भन्ने बारेमा बिस्तृत जानकारी दिएका छैनन ।

उनकी पत्नी उक्त अस्पतालमा भर्ना भएकी बिरामी थिइन् ।

श्रोत : एनबिसी वाशिंगटन डटकम

प्रतिक्रिया