बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:२३
वासिङटन डिसी 03:38

भर्जिनियाको एनाडेल क्लबमा झगडा हुँदा गोली हानी एक जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १४ गते २३:५५ मा प्रकाशित

 

भर्जिनियाको एनाडेल क्लबमा बाहिर झगडा हुँदा गोलीचल्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वुडब्रिजका मानिसलाई शुक्रबार बिहान गोली हानी हत्या गरिएको छ ।

२७ बर्षिय सामुअल जिकांग नामका व्यक्तिलाई गोली लागे पछि उनलाई अस्पताल लागिएको थियो । उनको चोटपटकको कारण उनको मृत्यु भएको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएका छन् ।

मृतक जिकांगको क्लब छोडे पछि समूह संग झगडा भएको प्रहरीले बताएका छन् । प्रहरीले यस बारेमा अनुसन्धान गरि रहेको र उनको बारेमा कसैलाई केही थाहा छ भने प्रहरीलाई खबर गर्नु भनि पप्रहरीले अनुरोध गरेका छन ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया