बुधबार, मंसिर १० २०७७
काठमाडौं ०१:१५
वासिङटन डिसी 14:30

शहीद रङ्शालामा रु पाँच करोडको लगानीमा फ्लड लाईट मङ्सिर भित्र जडान हुने

इनेप्लिज २०७७ कार्तिक १४ गते २१:२९ मा प्रकाशित


विराटनगर,१४ कात्तिक ।विराटनगरवासीको वर्षोदेखिको रात्रिकालिन खेलकूद हेर्ने चाहना आगामी मङसीरदेखि पुरा हुने भएको छ। वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा दिउँसो रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको सहयोगले पुरा हुने भएको छ।

नेपालमा सरकारको लगानीबाट पहिलो पटक यस क्षेत्रमा उक्त लाइट जडान गर्न लागिएको हो भने काठमाडौको दशरथ रङ्गशाला पछि यो दोश्रो रहेको हो।

प्रदेश सरकारको रु पाँच करोडको लगानीमा फ्लड लाइट जडान गरिने भएको छ।विराटनगरको शहिद रङ्गशाला रात्री खेलकूदको लागि आवश्यक पर्ने फ्लड लाइटका सम्पूर्ण सामाग्री आज रङ्गशालाको मैदान आइपुगेको छ।उक्त फ्लड लाइट जडान गर्ने कार्य आगामी मङ्सिर भित्रमा काम सम्पन्न हुने भएको छ।

गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी मूल्य अभिवृद्धि कर वाहेक रु चार करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो।

कोरोना सङ्क्रमण रोक्न नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले बताउनुभयो ।उहाँले मङ्सिर भित्रमा काम सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार अहिले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाईट आइपुगेको जानकारी दिनु भयो।

बन्दाबन्दीले भारतबाट आवश्यक सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक आगामी पुस २८ गते सम्मको निर्माण सम्पन्न गर्ने समय सीमा वढाइएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले जानकारी दिनु भयो।

सामाग्रीको अनुगमन पश्चात सामाजिक विकास मन्त्री जीवन घिमिरेले बन्दाबन्दीका कारण निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको बताउदै सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो।

उहाँले मोरङको बैजनाथपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान यसै वर्ष निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।(फोटो छ)

 

प्रतिक्रिया