प्रदेश नं १ मा ५६९ जना सङ्क्रमित थपिए,६१९ निको भए

इनेप्लिज २०७७ कार्तिक १४ गते २१:१८ मा प्रकाशित

विराटनगर,१४ कात्तिक।प्रदेश नं १ पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना सङ्क्रमित थपिएका छन्।

उक्त अवधिमा गरिएको एक हजार ९६० जनाको पीसीआर परीक्षणमा २२३ महिला र ३४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङक्रमित हुनेहरुमा मोरङमा २५३ मध्ये विराटनगमा १४७, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११,धनकुटामा चार, भोजपुरमा तीन, सोलुखुम्वुमा दुई, पाँचथर, खोटाङ र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९५३ पुगेको छ।

यस प्रदेशमा आज ६१९ जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १० हजार ७९८ पुगेको छ।

अहिलेसम्म एक लाख ५८ हजार ९४८ जनाको पीसीआर परीक्षण सम्पन्न गरिएको छ।

प्रतिक्रिया