बुधबार, मंसिर १० २०७७
काठमाडौं १३:०६
वासिङटन डिसी 02:21

अमेरिकामा आएको समुन्द्री आँधीबाट ६ जनाको मृत्यु ,२० लाख घरमा बिधुत बिच्छेद

इनेप्लिज २०७७ कार्तिक १४ गते ११:०१ मा प्रकाशित

अमेरिकामा आएको जेटा नामक समुन्द्री आँधिबाट कम्तिमा ६ जनाको मृत्यु भएको छ । खाडी समुन्द्रतट हुदै अमेरिकाको उत्तरपूर्वमा पुगेको उक्त आँधी गत बुधबार २ लुजियानामा प्रवेस गरेको थियो ।

वर्ग २ श्रेणीमा वर्गीकरण गरिएको उक्त आँधीले घरका छाना उडाएका छन् भने बाढी र रुखहरु ढलेको कारण सडक अबरुद्ध भएका छन । उक्त जेटा नामक आंधीले अमेरिका ७ वटा राज्यहरुलाई प्रभावित बनाएको छ ।

गत बिहिबार सम्म मिसिसिपी,एलाबामा,जर्जिया लगायत राज्यहरुका सडकमा बाढी आएको छ । साथै टेनेसी र क्यारोलाइनामा दिनभरी भिषण बर्ष र हावा आएको छ ।

हाल सम्म ६ लाख घर तथा व्यवसायमा बिजुलीको आपूर्ति बिच्छेद भएको छ । जर्जियामा मात्र ५ लाख ५० हजार ग्राहकहरु बिना बिजुली बस्न बाध्य भएका छन् भने अलाबाममा ४ लाख १४ हजार ,नर्थ क्यारोलाईना र साउथ क्यारोलाइनामा १ लाख २५ हजार घरमा बिजुली बिच्छेद भएको छ ।

लुजियानाको न्यू ओरल्यान्सका ५५ बर्षिय मानिसको ज्यान ढलेको रुखमा बिजुलीको तार अड्किएको र जर्जियामा रुख खसेर ३ जनाको ज्यान गएको छ ।

श्रोत :एपी

प्रतिक्रिया