बुधबार, मंसिर १० २०७७
काठमाडौं १३:१७
वासिङटन डिसी 02:32

अमेरिकामा संक्रमितको संख्यामा सर्वाधिक उच्च, एकैदिनमा कोरोनाबाट ८८ हजार संक्रमित ,९७१ जनाको मृत्यु

इनेप्लिज २०७७ कार्तिक १४ गते १०:३६ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्यामा एकै दिनमा सर्वाधिक उच्च भएको छ । कोभिड-१९ बाट एकैदिनमा कोरोनाबाट ८८ हजार संक्रमित भएका छन् भने ९ सय ७१ जनाको मृत्यु भएको जोन्स हप्किन्स बिश्वबिद्यालयले उल्लेख गरेको छ ।

अमेरिकाका १३ वटा राज्यहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा अत्यधिक वृद्धि भएको छ भने ३ वटा राज्यहरुमा अस्पताल भरि भराउ भएको छ ।

उक्त तथ्यांक गत बिहिबार अक्टोबर २९ का दिन २४ घण्टामा लिइएको हो ।

अमेरिकामा हाल सम्म २ लाख ३३ हजार १ सय ९७ मृत्यु भएको छ भने ९१ लाख २४ हजार मानिसहरु संक्रमित भएका छन् । अहिले सम्म करिव ३६ लाख ५५ हजार ९ सय २० निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन

प्रतिक्रिया